Author: Amrit Baskune

सरकारले माघ १८ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रबार १:०० बजेका लागि संसद् अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसद्को आगामी अधिवशेन माघ १८ गते बोलाउने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘संसदको आगामी अधिवेशन माघ १८ गते शुक्रबार बोलाउने निर्णय भयो ।’’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरकारले माघ १८ गते शुक्रबार सदन बोलाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘माघ १८ गते सदन बोलाइएको छ । प्रतिपक्षहरुले…

Read More

 नेपाली खो खो महिला टाेली विश्वकपको फाइनलमा पुगेको छ । भारतमा जारी विश्वकपमा शनिवार युगान्डालाई पराजित गर्दै नेपाली टोली पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । नयाँदिल्लीमा रहेको इन्दिरा गान्धी हलमा भएको खेलमा नेपालले सेमिफाइनल खेलमा युगान्डालाई ८९–१८ को फराकिलो अन्तरले पराजित गरेको हो । अब नेपालले फाइनलमा अर्को सेमी फाइनलका प्रतिस्पर्धी दक्षिण अफ्रिका र भारतबीचको विजेता टोलीसँग सामना गर्नेछ । नेपालले ऐतिहासिक फाइनलमा पुग्दासम्म अपराजित रह्यो । जसमा हालसम्म भएका सबै ६ खेलमा जित निकालेको हो। यसअघि समूह चरणमा भुटान, जर्मनी, श्रीलङ्का, बाङ्लादेशलाई नेपालले पराजित गरेको थियो । क्वार्टर फाइनलमा इरानलाई १०३–८ अङ्कको अन्तरले हराएर सेमिफाइनलको यात्रा तय गरेको…

Read More

नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई प्रारम्भिक निष्कासन (आइपिओ) को अनुमति दिएको छ । बोर्डले ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई निष्कासनको अनुमति दिएको हो । बोर्डले बिहीबार एक सूचना जारी गर्दै अनुमति दिएको सार्वजनिक गरेको हो । ओम मेगाश्री आइपिओ निष्कासन अनुमति पाउने नेपालमा पहिलो औषधी कम्पनी हो । ओम मेगाश्रीले १८ लाख कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जस अनुसार कम्पनीले १८ करोड रुपियाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । क्रेस्ट माइक्रो लाइफलाई भने जारी पुँजीको ३० प्रतिशत आइपिओ निष्कासनका लागि…

Read More

सुनदेवी रसाइली हिमालपारीको जिल्ला मुस्ताङको जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा आगालागि हुँदा एक जना प्रहरी हवल्दार घाइते हुनुभएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार राती साढे दुई बजे तिर एक्कासी आगालागि हुँदा जिल्ला प्रशासनको पुरानो भवनको एउटा कोठामा भएको सामग्रीहरु जलेर नष्ट भएका छन् भने एक जना प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते हुनुभएको छ । आगालागि भए पछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । घाइतेको जिल्ला अस्पताल मुस्ताङमा उपचार पछि थप उपचारका लागि राती नै पोखरा रिफर गरिएको अस्पतालले जनाएको प्रजिअ भुसालले बताउनुभयो । आगालागिको एकिन कारण नखुले…

Read More

सुनदेवी रसाइली राष्ट्रिय रुपमै महत्वपूर्ण मानिएको उत्तर दक्षिण जोड्ने छोटो मार्गको रुपमा रहेको कालिगण्डकी करिडोर सडक आयोजनाको लागि अर्थ मन्त्रालयले थप बजेट शुनिश्चित भएको एमाले मुस्ताङले दावी गरेको छ । एमाले मुस्ताङका उपसचिव सम्राट गौचनका अनुसार अर्थमन्त्रालयले कालिगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि थप बजेटको शुनिश्चिता गरेको हो । गौचनले भन्नुभयोमन्त्रालयले ४९ करोड ५१ लाख रुपियाँ थप बजेट श्रोत सहमति गरी शुनिश्चिता गरेको हो । मन्त्रालयले बहुवर्षीय श्रोत सहमति प्रदान गरिएको पत्र प्राप्त भएको गौचनले जानकारी दिनुभयो । उहाँका अनुसार कागबेनी देखि छुसाङ ९,८ सडक खण्डका लागि ४९ करोड ५१ लाख सहमति माग गरीएको र चालु आर्थिक वर्षमा बिनियोजित रकम…

Read More

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत सङ्गीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत सङ्गीतको माध्ययमले देश तथा विदेशमा चिनिएको छ । म्याग्दीका कलाकार दम्पती मन छन्त्याल र टीकाबहादुर श्रेष्ठले सिर्जना गर्नुभएको ‘बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रूमाल’ गीतले बेनी बजारलाई देश विदेशमा चिनाएको छ । बेनीबजारको चिनारीसँग जोडिएको छ ‘माघे सङ्क्रान्ति मेला’ । बेनीमा परम्परागत रूपमा लाग्दै आएको माघे सङ्क्रान्ति मेलाले बेनीको महिमालाई उजागर गर्छ । बेनीमा लाग्ने माघे सङ्क्रान्ति मेलाले बेनीबजारको व्यापार व्यवसाय, कला संस्कृति…

Read More

धवलागिरी गाउँपालिका ७ ताकमका अनिल भण्डारीले स्थानीय उत्पादन लिएर म्याग्दी महोत्सवमा आउनुभएको छ । उहाँले धवलागिरी गाउँपालिका भित्र उत्पादन हुने कोदोको पिठो, कोदोको बिस्कुट, सिस्नोको धुलो, कागती, सिन्की, रातो च्याउ, बेसार, भागोलगायत स्थानीय उत्पादनलाई स्टलमा राख्नुभएको छ । आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवले भण्डारीलाई यो अवसर जुराएको हो । महोत्सवमा म्याग्दी जिल्लामा उत्पादित कृषिजन्य उत्पादन, जडिबुटी, लघु तथा घरेलु उद्योगका सामानहरु बिक्री, वितरण गर्नुका साथै प्रदर्शनीका लागि नि:शुल्क स्टल उपलब्ध गराइएको छ । अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको स्थानीय उत्पादनको स्टलमा पालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन आफै स्थानीय उत्पादनको बिक्री र व्यवस्थापनमा खटिनुभएको छ । उहाँले स्टलमा आउने महोत्सवका दर्शकहरुलाई…

Read More

अमृत बास्कुने कर्मचारी सरुवा लगायतका प्राविधिक कारणले गर्दा म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले पुजीगत प्रगति गर्न नसकेको जनाएको छ । गाउँपालिकाको २० औं गाउँसभामा बोल्दै गाउँपालिका उपाध्यक्ष दिवा कुमारी तिलिजा पुनले आफ्नो पालिकामा कर्मचारीहरु सरुवा भएर जाने र आउन समय लाग्दा पुँजीगत खर्चमा प्रगती देखाउन नसकिएको बताउनुभएको हो । आर्थिक वर्ष २०८१÷०८२ को पहिलो छ महिनामा गाउँपालिकाले पुजीगत खर्च १.१ प्रतिशत मात्रै गरेको भन्दै उहाँले कर्मचारीको सरुवा मुख्य कारणले गर्दा बजेट खर्चमा प्रगति नदेखिएको बताउनुभयो । चालु र पुजीगत गर्दा समग्रमा २४ दशमलब ३४ प्रतिशत प्रगति देखिएतापनि पुजीगत मात्रै हेर्दा निकै कमजोर देखिएको उहाँको भनाई थियो । चालु तर्फ ३७ दशमलब शुन्य…

Read More

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेनीमा आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्नुभएको छ। बेनीमा आजदेखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलाको सभापति देउवाले उद्घाटन गर्नुभएको हो। जिल्लाको पर्यटन प्रवर्द्धन, कला संस्कृतिको संरक्षण, कृषि तथा स्थानीय उत्पादनको बजारीकरण र आर्थिक कारोबारलाई चलायमान बनाउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गरेको हो। महोत्सवको उद्घाटन कार्यक्रममा म्याग्दीमा जन्मिएर दक्षिण कोरियाका विभिन्न क्षेत्रमा लगानी गरेर उत्कृष्ट व्यावसायीको पहिचान बनाउनुहुने विनोद कुँवर र कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आउनुभएका कृषि वैज्ञानिक टिकाबहादुर कार्कीलाई सभापति देउवाले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ।…

Read More

सुनदेवी रसाइली मुस्ताङको थासाङ गाउँपालिका २ लार्जुङका ६३ वर्षिय पुर्ण प्रसाद गौचनको माछा पालन गर्ने पोखरीमा डुबेर मृत्यु भएको छ । गौचनको आफ्नै माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मुस्ताङका प्रहरी निरीक्षक(इन्सपेक्ट) सागर पौडेलले जानकारी दिनुभयो । पोखरीमा डुबेको अवस्थामा मृृत्यु भएको भन्दै जानकारी पाए पछि घटनास्थल पुगेको प्रहरी टोलीले आवश्यक घटनास्थल मुचुल्का गरी जिल्ला अस्पताल मुस्ताङमा पोष्टमार्टम गरेपछि सब परिवारलाई बुझाएको थियो । इन्सपेक्टर पौडेलको कमाण्डमा गएको टोलीले अनुसन्धान गरेको र मृत्युको कारण डुबेर हुन सक्ने प्रारम्भीक अनुमान गरेको जनाइएको छ । दुई छोरीका बाबा पूर्ण घरमा एक्लै बस्दै आएको र आफुले पालेको माछालाई दाना हाल्न जाने…

Read More