चितवनको भरतपुर स्थित बागीश्वरीमा रहेको योगी नरहरिनाथ संस्कृत गुरुकुलम्को शिक्षक अभिभावक संघको अध्यक्षमा अमृत पौडेल(अमृत बास्कुने) चयन हुनुभएको छ । भरतपुर महानगरपालिका–१ वागीश्वरीमा रहेको श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चिालित योगी नरहरिनाथ संस्कृत गुरुकुलमको शिक्षक अभिभावक संघको अन्य सदस्यहरुमा जीवन धिताल, दुर्गा खनाल, रेवतीप्रसाद सापकोटा, रिना कोइराला, माधव पौडेल, भोजराज भट्ट, गोदा सुवेदी, भूपाल आचार्य र सदस्य सचिवमा अमृत अर्यालय चयन हुनुभएको छ । देशका विभिन्न स्थानका विद्यार्थीहरुले अध्ययन गर्ने भएकाले भर्चुअल माध्यमबाट भेला भएको विद्यालयका प्रधानाध्यापक माधव पौडेलले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनु रायमाझी पौडेलको अध्यक्षतामा अभिभावक भेला सम्पन्न भएको थियो । हाल कक्षा…
Author: Amrit Baskune
प्रताप बानियाँ म्याग्दी– जनकल्याण माध्यमिक विद्यालय पुलाचौरमा स्थापित धनेश्वरी–तारानाथ स्मृति कोषको आयोजनामा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । स्मृति कोषको आयोजना र जनकल्याण मावि पुलाचौरको सहआयोजनामा शुक्रवार एक समारोहबीच विभिन्न स्रष्टा, संस्था र विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो । हरेक वर्ष विभिन्न विधातर्फ स्रष्टा र व्यक्तिहरु छनोट गरी सम्मान तथा पुरस्कृत गर्दै आइरहेको स्मृति कोषले यसवर्ष पनि साहित्यकार, पत्रकार तथा उत्कृष्ट अङ्कसहित विभिन्न तहको परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ । यसवर्ष नगद एकलाख रुपैयाँ पुरस्कार राशीसहित दोसल्ला र कदरपत्रले जिल्लाको साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार एवं पूर्व शिक्षक अजयमिलन श्रेष्ठलाई…
अमृत बास्कुने म्याग्दीको मंगला गाउँपालिकामा किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप निःशुल्क लगाइँदै छ । संघीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाउने योजना अनुरुप म्याग्दीको मंगला गाउँपालिकाले पनि सरोकारवालाहरु सँग बसह पैरबी तथा अन्तरक्रिया गरेको हो । यस पटक पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप गण्डकी प्रदेशमा एक लाख ३० हजार आठ सय ७० मात्रा…
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याथ्यू रसलाई नियुक्ति गरेको छ । रस आफ्नो जीवनसाथीका साथ नेपाल आइसकेका छन् । रस बिहीबार चर्च ब्वाइज क्लब र संकटा क्लबबीचको खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशाला ओर्लिएका थिए । उनले त्यहाँ एन्फा टेकनिकल डाइरेक्टर हरि खड्कासँगै बसेर खेल हेरे । एन्फा स्रोतले जनाकारी गराए अनुसार छिट्टै संघले रसलाई औपचारिक रुपमा घोषणा गर्दैछ । रसले स्पेनका युयान्डे रामोस, स्पेनकै युलियन गुइएरो, फ्रान्सका रेने लोबेलो र इङ्ल्यान्डका जेमी डेलाई पछि पार्दै नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी पाएका हुन् । अस्ट्रेलियन नागरिक रस ‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त प्रशिक्षक हुन् । रससँग…
रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन् । निकै महँगो औषधि अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउनेछ । ‘विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेका छौं’, मन्त्री पौडेलले भने, ‘धेरै पीडित तथा सरोकारवालाबाट महँगो उपचार सरकारमार्फत होस् भन्ने अनुरोध स्वीकार…
प्रताप बानियाँ म्याग्दी– सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको भिरमुनिस्थित सेताढुङ्गामा हालै नयाँ बनाइएको सहरी स्वास्थ्य केन्द्रको भवन बुधवार एक समारोहबीच उद्घाटन गरी हस्तान्तरण गरिएको हो । यसअघि सहरी स्वास्थ्य केन्द्रको भवन सानो र साँघुरो तथा बाढीपहिरो एवं भूकम्पको जोखिममा परेपछि नयाँ भवन बनाइएको हो । ग्लोबल केयर जर्मनबाट भवन तथा गेट निर्माण, शौचालय र सहरी स्वास्थ्य केन्द्रलाई आवश्यक औषधी तथा उपकरण सहयोग गरी असल छिमेकी नेपालमार्फत झण्डै २७ लाख रुपैयाँ लगानी भएको छ । स्थानीयको आवश्यकता, चाहना, वडा र बेनी नगरपालिकाको पहलमा भवन निर्माण गरी हस्तान्तरण गरिएको छ ।…
सुनदेवी रसाइली मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक सुर्य बहादुर बोगटी गण्डकी प्रदेश प्रहरी कार्यालयबाट महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । गण्डकी प्रदेश अन्तर्गतका इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले प्रत्येक महिनामा गण्डकी प्रदेश प्रहरीले उत्कृष्ट प्रहरी घोषणा गर्ने गर्दछ । सोही अन्तरगत गण्डकी प्रदेश प्रहरी कार्यालयबाट “महिनाको उत्कृष्ट प्रहरी (Best Police Of the Month)” घोषणा गर्ने अभिप्रायले तयार पारिएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधी -२०८१” को अधिनमा रही मातहत सम्पुर्ण कार्यालयहरुबाट सिफारिस भई आएका उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु मध्यबाट सर्वोत्कृष्ट छनौट गर्ने गण्डकी प्रदेश प्रहरीले जनाएको…
म्याग्दीको बेनीमा सम्पन्न खुला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका र प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबलको उपाधि बेनी नगरपालिकाले जितेको छ । बेनीमा मङ्गलबार आयोजित पुरुष भलिबलको फाइनलमा बेनी नगरपालिकाले मालिका गाउँपालिकालाई ३–१ को सेटमा हरायो । बेनीले १७–२५, २८–३०, २५–१६, १६–२५ को जित निकालेको थियो । उपाधिसँगै बेनीले एक लाख ५१ हजार रुपियाँ पुरस्कार पायो । उपविजेता मालिका गाउँपालिकाले ७५ हजार एक सय रुपियाँ पायो । यस्तै महिलाको फाइनलमा अन्नपूर्णले एसएसवाइसी मालिकालाई हरायो । अन्नपूर्णले २५–२२, २२–२५, २५–२०, २५–१६ को जित निकालेको थियो । महिलातर्फको विजेतालाई ७५ हजार र उपविजेतालाई ४० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । गत पुस २८…
नेकपा (एमाले) का नेता, मोरङ २ का प्रतिनिधिसभा सांसद एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल यतिखेर धेरैको ‘निशाना’ बनाइएका छन् । सामाजिक सञ्जालदेखि विरोधीहरूको भाषण पोखरेलविरुद्ध उछितो काडिएको भेटिन्छ । विभिन्न अनियमितता, अव्यवस्थितरूपमा भइरहेका काम, प्रक्रियाविपरीतका निर्णयमा प्रश्न उठाएकै कारण उनी विरोधीको मसाला बनिरहेका छन् । यसकारण तत्काल हटाउनुपर्छ र न्याय निरुपणका सन्दर्भमा प्रचलित अभ्यासलाई सुदृढ तुल्याउँदै कडाइसाथ दण्डित गर्नुपर्छ, गरिनुपर्छ । १) विगतमा सुन तस्करी सामान्य झैँ भएको थियो । बसाइँ सराइको क्रममा एक गाउँबाट अर्को गाउँबाट धातुजन्य वस्तुको ओसारपसार भए झैँ सहज भएको थियो । विभिन्न देश-देशान्तरबाट सेटिङमा यहाँ आउने, प्रहरी र राजश्वसँग सम्बद्ध प्रशासनले मौकामा समाइहाले…
नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम नेकपा (एमाले) मा फर्कने हुनुभएको छ । उहाँले गोरखापत्रसँग कुरा गर्नुहुँदै आफू एमालेमा जाने निश्चित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो तर्फबाट एमालेमा जाने निश्चित भइसकेको छ । भोलि उहाँहरूले एमाले सचिवालय बैठक बसेर निर्णय गर्नुहुन्छ । पर्सी निकाेर्सितिर प्रवेशको वातावरण बन्ने छ ।” उहाँले आफू एमालेमा फर्कन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब दुई वर्षदेखि संवादमा रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेमा फर्किन दुई वर्षदेखि लागिरहेको थिएँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग संवाद जारी राखेको थिएँ । एकतामा ल्याउन मान्नुभएन । त्यसपछि एकीकृत समाजवादीमा प्रवेश गर्न छलफल गरियो ।…