सुनदेवी रसाइली
मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक सुर्य बहादुर बोगटी गण्डकी प्रदेश प्रहरी कार्यालयबाट महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । गण्डकी प्रदेश अन्तर्गतका इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले प्रत्येक महिनामा गण्डकी प्रदेश प्रहरीले उत्कृष्ट प्रहरी घोषणा गर्ने गर्दछ । सोही अन्तरगत गण्डकी प्रदेश प्रहरी कार्यालयबाट “महिनाको उत्कृष्ट प्रहरी (Best Police Of the Month)” घोषणा गर्ने अभिप्रायले तयार पारिएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधी -२०८१” को अधिनमा रही मातहत सम्पुर्ण कार्यालयहरुबाट सिफारिस भई आएका उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु मध्यबाट सर्वोत्कृष्ट छनौट गर्ने गण्डकी प्रदेश प्रहरीले जनाएको छ । यसै शिलशिलामा प्रदेश भरी गत पुस महिनामा भएका कामको आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक(डिएसपी) सुर्य बहादुर बोगटी तथा जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी नायव निरीक्षक रञ्जन अम्गाईलाई २०८१ साल पुष महिनाको उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
चीनबाट अबैध रुपमा भित्र्याएको छ करोड ८१ लाख २० हजार पाँच सय १० रुपियाँ मुल्य बराबरको सामग्रि नियन्त्रणमा लिएर राजश्व अनुसन्धानलाइ बुझाएकोले उहाँलाइ सम्मान गरिएको जनाइएको छ ।