Author: Krishna Ranabhat

पोखरा । सङ्घर्षमा कलम पोखराले सञ्चालन गर्दै आएको वर्ष सम्मान अन्तर्गत चार स्रष्टा सम्मानित र चार स्रष्टा पुरस्कृत भएका छन् । संस्थाद्वारा सञ्चालित बाबा साहित्य साधक र ऋषिराम रानाभाट स्मृति सम्मान कोरोनाका कारण २०७६ सालदेखि रोखिएकोमा एउटै थलोमा आठ स्रष्टालाई अर्पण गरिएको हो । जसमा बाबा साहित्य साधक सम्मान २०७८ बाट तनहूँका साहित्यकार आनन्दसुन्दर श्रेष्ठ र २०७९ बाट कास्कीकी कवि लिली अधिकारी नगद १० हजार पाँच सय ५५ राशिसहित सम्मानित भए । यस्तै, ऋषिराम रानाभाट स्मृति सम्मान २०७८ बाट म्याग्दीका लोकनाथ भुषाल घायलश्री र २०७९ बाट कास्कीकी सावित्री गिरी नगद ५ हजार पाँच राशिसहित सम्मानित भए । २०७६ र २०७७…

Read More

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा गठन भएको वडा कृषि सञ्जाल पोखरा-९ को आयोजना तथा वडा कार्यलय पोखरा-९ को सहयोगमा कम्पोष्ट बिनमा मल वनाउने तालिम सोमबार दिइयो । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले वडावासी सक्रिय भएर क्षमता अभिवृद्धि, महिला शसक्तिकरण, दक्षता अभिवृद्धि लगाएतका तालिमहरुको माग गरेमा तथा विकास निर्माणका काममा अग्रसर भएमा आफुले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सो अवसरमा पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडेरियाले कार्यक्रमको सफलताको कामना गर्दै तालिममा सिकेको सिपको प्रयोग कसरी भएको छ अनुगमन पनि गर्न जरुरी रहेको वताए । पोखरा महानगर कृषि महाशाखा अधिकृत…

Read More

पोखरा । पोखरा महानगरपालिका १९ नं वडाका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिने र तिर्नमा बदनीयत भएका केही व्यक्तिले यसलाई मुद्दा बनाएर सोझा साझा जनतालाई ऋण मिनाहाको झाँसामा पारि राजनितिक रंग दिन खोजिएको बताएका छन्। केन्द्रीय कार्यालय बाग्लुङ्गमा रहेको धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको शाखा कार्यालय पोखरा १९ ले आइतबार लामाचौरमा आयोजना गरेको संस्थाको केन्द्र प्रमुख समुह गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन्। घुमाउरो पारामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंप्रति इंगित गर्दै उनले यस्ता व्यक्तिको पछि नलाग्न र भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेका छन्। ढिलो चाँडो भएपनि लिएको ऋण सबैले तिर्नुपर्ने र…

Read More

पोखरा । पोखरा-९, पृथ्वीचोकमा रहेको पवित्र वचत तथा ऋण सहकारी संस्था लिं.ले ६६ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आइतबार पोखराको मुख्य वजारक्षेत्र पृथ्वीचोकमा सरसफाई गरेको छ । रानाभाट तथा भाट समाजद्धारा २०६८ सालमा स्थापना भएको सहकारीको प्रधान कार्यालय पृथ्वीचोकस्थित पोखरा मलमा रहेको छ । सहकारी दिवसको अवसरमा आफ्नो कार्यलय परिसर सरसफाई गर्दा राम्रो सन्देश जाने भएकोले पृथ्वीचोकमा सरसफाई गरिएको सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटले वताए । २०६८ सालमा रानाभाट समाजका ४८ जना शेयर सदस्यले स्थापना गरेको सहकारीमा हाल १३ सयको करिब शेयर सदस्य छन् । उक्त सरसफाइ कार्यक्रममा पदाधिकारी तथा शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको व्यवस्थापक अप्सरा रानाभाटले वताईन् ।

Read More

पोखरा । “जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा” मूलमन्त्रका साथ हरेक महिनाको तेस्रो शनिवार गजलसन्ध्या र नवनीत साहित्य सागरले संचालन गर्दै आइरहेको यात्रा साहित्यिक कार्यक्रम “अक्षरयात्रा” को १९७ औं श्रृङ्खला स्रष्ठा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा सम्पन्न भयो । उक्त कार्यक्रम पुम्दीभुम्दी क्षेत्रमा बस्ने साहित्यप्रेमीहरुलाई समेटेर स्थापना गरिएको साहित्यिक संस्था स्रष्ठा समाजका अध्यक्ष गोविन्दप्रसाद बरालले स्वागत गर्दै आँफुहरु साहित्यप्रति सानैदेखि अनुरक्त रहेको, तर पेशागत कारणले समयमा साहित्य सिर्जनामा समाहित हुन नसकेतापनि अवकाशपछि संस्था गठन गरेर भाषा तथा साहित्यको सेवामा लागेको र दुई दशकदेखि तत्स्थानमा साहित्य सिर्जना गरी वाचन गर्ने पाको कार्यक्रम अक्षरयात्रामा…

Read More

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आईतबार विविध साँस्कृतिक कार्यक्रम सहित विद्यालय प्राङ्गणमा सम्पन्न भयो । वार्षिकोत्सव समारोहको विद्यालय व्यवस्थापन समितिका पूर्व सचिव द्रोणराज अधिकारीले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा राष्ट्रिय परीक्षा वोर्ड गण्डकी प्रदेश कार्यलयका प्रमुख लक्ष्मण देवकोटा, पोखरा १७ का निवर्तमान वडा अध्यक्ष तिर्थराज अधिकारी, गुप्तेश्वर वेदविज्ञान पाठशालाका प्राचार्य विजयराज आचार्य, पूर्व शिक्षक शंकर ज्ञवाली, अभिभावकहरुको तर्फबाट विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रीराम सुवेदी, संघसंस्थाहरुको तर्फबाट छोरेपाटन टोल सुधार समितिका अध्यक्ष उत्तम सिग्देल, विद्यार्थीहरुको तर्फबाट विवेक पौडेल र रेश्मा खातुनले आफ्नो धारणा राखेका थिए…

Read More

टोलीका प्रभावशाली खेलाडी खेलाडी लियोनल मेस्सी र नेयमारविनै प्रतिस्पर्धा गरेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा पहिलो हार खेपेको छ । कतार विश्वकप पछि सुरु भएको लिगमा आइतबार राति पीएसजी लेन्ससँग ३–१ गोलले स्तब्ध भयो । विश्वकप पछि आराम गरिरहनुभएका अर्जेन्टिना स्टार मेस्सी फ्रान्स पुग्नुभएको छैन । ब्राजिलियन स्टार नेयमार भने कार्डका कारण यस खेलमा खेल्नु भएको थिएन । पाहुना टोली पीएसजी खेलको सुरुवातमै पछि परेको थियो । लेन्सको जितमा प्रजेमिस्लाव फ्रान्कोब्स्कीले पाँचौँ, लोइस अ‍ोपेन्डाले २८औँ र  एलेक्सिस क्लाउड मरिसले ४७औँ मिनेटमा गोल गर्नुभयो । यसअघि पीएसजीका हुगो एकिटिकेले आठौँ मिनेटमै एक गोल फर्काए पनि टोलीको हार…

Read More

ठाकुरप्रसाद आचार्य आजकल गाउँघरमा नौमती बाजा लोप हुँदै जान थालेको छ । धार्मिक कार्य र सभा समारोहमा नौमती बाजा विरलै देख्न सकिन्छ ।  पाका पुस्तामा लोकप्रिय नौमती बाजा बजाउने कला तन्नेरी पुस्ताले सिको नगर्दा आजकल लोप हुन थालेको छ । हराउन थालेको छ । प्राय:जसो पुरुषले मात्र बजाउने नौमती बाजा आजकल महिलाहरूले पनि बजाउन थालेका छन् । बेनी नगरपालिका ४ स्थित राक्सेका आमाहरूले बजाउने नौमती बाजा गाउँघरमा लोकप्रिय हुन थालेको छ । नौमती बाजाका वाद्यवादन कर्नाल, सहनाई, नरसिङ्गा, झ्याली, मादल, दमाहा, ट्याम्को, ढोलकी सबै आफैले बोक्छन्, आफैँले बजाउँछन्। यो समूहमा २५ देखि ५५ वर्षसम्मका महिला आबद्ध छन् । गाउँघरमा हुने…

Read More

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा रामबहादुर वयलकोटीका अध्यक्षतामा वडास्तरीय दलित सञ्चाल १३ सदस्यीय वडास्तरिय दलित सञ्जाल गठन भएको छ । सञ्जालको उपाध्यक्षमा माया दर्र्जी, सचिवमा सपना बि.क., कोषाध्यक्षमा विमला परियार, सहसचिवमा बिकास आनन्द र सदस्यहरुमा राम बि.क., रबिना कि., उजेली बि.क., रोकविर सुनुवार, ईश्वरी नेपाली, शान्ति दर्र्जी, जानकी परियार र लाल बहादुर बि.क. रहेका छन् । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले दलित हकहितको लागि क्षमता अभिवृद्धि तथा साना घरेलु कार्यक्रम साबुन वनाउने, अचार वनाउने, लगायतका तालिमहरु छिट्टै नै सञ्चालनमा ल्याउने प्रतिवद्धता गरेका थिए । कार्यक्रम संयोजक वडा सदस्य गीता चम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य…

Read More