पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङ भाग ३८ धम्पुसदेखि ह्याम्जाकोट होमस्टे, धिताल, अस्ताम हुर्दै हेम्जा मिलनचोकसम्म गरिएको छ । महिनाभर काममा व्यस्त रहने सबै प्रकारका जागिरे, र्दैनिक घरायसी काममा व्यस्त रहने गृहणी महिला दिदीबहिनी तथा विद्यार्थी, प्रोफेसर, डाक्टरहरु सबै क्लबले आयोजना गरेको हाइकिङमा सहभागी हुने गरेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताए । हाइकिङमा पैदल हिड्दै, ग्रामिण परिवेशको आनन्द लिदैं पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्न महिला दिदीबहिनीहरुको उपस्थिति वढ्दै गएको क्लबकी उपाध्यक्ष तथा नगेन न्युज डटकमकी प्रवन्ध निर्देशक ज्योति हमालले वताइन् । विगत ४ वर्षदेखि निरन्तर संचालनमा…
Author: Krishna Ranabhat
पोखरा । आईतबार पोखरामा सम्पन्न राष्ट्रिय भुमिअधिकार मञ्च नेपाल कास्की जिल्ला मञ्चको पाँचौ अधिवेशनले पुनः प्रेम बहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । मञ्चको उपाध्यक्षमा बुद्धि पुन, सचिवमा कुमारी गुरुङ, सहसचिवमा विष्णु भट्टराई, कोषाध्यक्षमा लेखमाया थापा र सदस्यहरुमा गोमा तामाङ पराजुली, वेलमाया गुरुङ, शान्ति गुरुङ, हरिकुमारी गुरुङ, मुना श्रीस, याता माया तामाङ, लोक बहादुर पुन, मानबहादुर गुरुङ, मिन बहादुर विक, डिलबहादुर तामाङ, त्रिवेणी प्रसाद, गोविन्द नेपाली र लोक बहादुर सेन सर्वसम्मत चयन भएका छन् । कार्यक्रमको गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसिले उद्घाटन गर्दै भुमि व्यवस्था मन्त्रालय भएतापनि प्रदेश मन्त्रालयमा भूमिको काम…
पोखरा । पोखराका ४ विद्यालय र काठमाडौ बिश्वबिद्यालयका विच विद्यालयशनिबार सम्झौता भएको हो । कन्टिन्युइङ एन्ड प्रोफेशनल एजुकेसन प्रोग्राम अन्तर्गत काठमाडौ बिश्वबिद्धालयका तर्फबाट विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल र पोखरा ४ विद्यालयका प्रधानाध्यापकहरुका विच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सो अवसरमा पोखरा–८, न्युरोडको लक्ष्मी आबासिय माध्यमिक बिद्यालय (एल.ए) का प्रधानाध्यापक डा. विश्व युधिर पौडेल, पोखरा–२६, बुढिबजारको जुनियर सिटिजन एकेडेमी (जेसिए)का प्रधानाध्यापक सुन्दर ढकाल, पोखरा–१७, बिरौटाको बालोदय बोर्डिङ स्कुलका प्रधानाध्याक टेकनाथ पौडेल र पोखरा–९, न्युरोडको बाल प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लिराम अर्यालले सम्युक्त रुपमा हस्ताक्षर गरेका थिए भने काठमाडौं विश्वविद्यालयको तर्फबाट प्रा.डा. लुइटेलले हस्ताक्षर गरेका थिए ।…
पोखरा । गत वर्ष साउन २५ गते निधन भएका कक्षा–७ मा अध्ययनरत छात्र अर्चित बास्तोलाको स्मृतिमा पोखरा–१२ रानीपौवामा अवस्थित ग्लोबल कलिजियट स्कुलले अर्चित स्मृति कप सम्पन्न गरेको छ । विद्यालयले कक्षा–७ मा अध्ययनरत विद्यार्थीहरु बिच अन्तरसदनात्मक स्मृति कप आयोजना गरेको हो । स्मृति कप अन्तर्गत छात्रहरुको फुटसल र छात्राहरु बिच बास्केटबल प्रतियोगिता आयोजना गरिएको थियो । छात्र फुटसलतर्फ जुपिटर सदन प्रथम हुन सफल भयो भने मर्करी सदनले द्वितीय स्थानमै चित्त बुझायो । त्यस्तै छात्रा बास्केटबलतर्फ मर्करी सदन विजेता बनेकामा स्याट्रन सदन उपविजेता बन्यो । प्रतियोगितामा विजेता विद्यार्थी खेलाडीहरुलाई आइतबार एक कार्यक्रमका बिच मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सो…
पोखरा । बियोन्ड एजुकेसन कन्सल्टेन्सी तथा बियोन्ड एजुकेसन एण्ड इमिग्रेसन सर्भिसेज पोखरामा अमेरिकीको हार्डिङ बिश्वविद्यालयका विद्यार्थी र नेपाली विद्यार्थीहरुका बीच अन्तरक्रिया हुने भएको छ । अमेरिकीको आर्कन्ससबाट ज्याकोब रेल्स र रेबिका रेल्स, टेनिसीबाट आइज्याक एस्टोन र न्यु ह्याम्स फेयरबाट मेकेला डुटिल हाल पोखरा आइअपुगेका छन् । कम्प्युटर साइन्स, नर्सिङ र धर्म तथा संस्कृतिको बिषयमा अध्ययनरत तथा पढाई सकेका उनिमार्फत नेपालबाट अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थीले त्यहाँको बारेमा नजिक बाट सिक्न सक्नेछन् । बियोण्ड एजुकेसनका प्रबन्ध निर्देशक सुरेश थिङका अनुसार यही असार २२ गते शुक्रबार नेपाली विद्यार्थीहरु संग अन्तरक्रिया गर्दै छन् । उक्त कार्यक्रमले अमेरिकीका विश्वविद्यालयहरुमा अध्ययन गर्दाका सम्भावना र…
कस्केली अधिकृत समाज कास्कीले संस्थाका पूर्व कोषाध्यक्ष टेकबहादुर कुँवरलाई एक समारोहका बीच स्वागत तथा सम्म्मान गरेको छ । अधिकृत समाज स्थापनापछि दोस्रो कार्यकाल २०६५ सालदेखि २०६७ सालसम्म कोषाध्यक्ष रहेर संस्थालाई गतिशील तुल्याउन पु¥याएको योगदानको स्मरण गर्दै कुँवरलाई सम्मान गरिएको हो । पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका कुँवरको नेपाल आगमनको सन्दर्भ पारेर संस्थाले उक्त कार्यक्रम आयोिजना गरेको हो । कुँवरले स्थापना कालमा संस्थालाई अगाडि बढाउन जे जस्ता अप्ठ्यारा परे तापनि हाल संस्थाले गति लिएकोमा आफूलाई सन्तोष मिलेको बताए । सो अवसरमा कुँवरले समय र परिस्थितिले परदेशमा रहन परे तापनि स्वदेशको माया र आफूले योगदान दिएका संघसंस्थालाई जीवन्त राख्न आफ्नोतर्फबाट सक्दो…
पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ३ वर्ष देखि संचालन भइरहेको हाइकिङ गत शनिबार तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका वडा नं. २ स्थित दगाम सामुदायिक होम स्टेमा सम्पन्न भएको छ । हाइकिङको ३५ औं श्रृङ्खला अन्तरगत दगाम पुगेका ३८ जनाको समुहलाई होमस्टे संचालकहरुले अविर, फुलको गुच्छाले स्वागत गर्दै हाइकिङमा सहभागिलाई कलाकारहरुले मगरजातीको मौलिक कौरा नृत्य प्रदर्शन गरेका थिए । कोत्रेबाट पैदल यात्रा गर्दै ज्वालादेवी सामुदायिक बन, मकनपुर गाउँ, भुजिकोट हुदै उक्त टोली दगाम पुगेको थियो । नेपालका ग्रामिण क्षेत्रमा पर्यटकको आकर्षण वढाउन खोलिएका होमस्टेहरुको स्थानिय परिकार चाख्न इच्छुक जो कोहि आफ्नो खर्चमा हाइकिङमा सहभागी हने…
पोखरा । वैदेशिक रोजगारीमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर लागिरहेका सुरज विश्वकर्माले हालै “आशाहरु आकाशमा” गीत आफ्नै युटुब च्यानल सुरज विश्वकर्मा मार्फत सार्वजनिक गरेका छन् । उक्त गीत २०७९ साल माघ १ गते पोखरा वजारको मध्यभाग सेती नदीको खोंचमा भएकाको सुन्दै आँङ सिरिङ् हुने यति एयरको जहाज दुरघटनामा परि ज्यान गुमाउने ७२ जनाहरुप्रति समर्पित गरेका छन् । “बिस्तारै बिस्तारै”, “तिम्रो मन”, “तिमिलाई नै हेरि रहुँ” र “दुइ तले फलामको खाटैमा” जस्ता मार्मिक गितका सर्जक सुरज विश्वकर्माले रचना गरेको उक्त गीतको निर्देशन र संगीत पनि आफ्नै रहेको छ । उदयीमान गायिका बबि दियालीको आवाज रहेको उक्त गीतको संगीत संयोजन…
पोखरा । प्रदेश खेलकुद परिषद्, गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिताको लागि कास्की जिल्लाबाट खेलाडिको छनोट प्रतियोगिता विहिबार पोखरामा सम्पन्न भएको छ । पोखरा रंगशालाको टेबुलटेनिस कभर्ड हलमा भएको छनोट प्रतियोगितामा पुरुष तर्फ किसन जिसी, रुपराज गुरुङ, अनुष कुँवर र दिपकराज गिरी तथा महिला तर्फ मुना थापा, तृषा गुरुङ, सक्रिया पोखरेल र प्रजिता मुडभरी छनोट भएका छन् । विहिबार छनोट भएका खेलाडिहरु यहि जेठ ३० र ३१ गते हुन गइरहेको गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस च्याम्पियनसिप प्रतियोगितामा कास्की जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी हुने कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले वताए । उक्त छनोट…
पोखरा । प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघ, पोखराको व्यवस्थापनमा गण्डकी प्रदेश स्तरिय टेबुलटेनिस प्रतियोगिता पोखरामा हुने भएको छ । पोखरा रंगशालाको टेबुलटेनिस कभर्ड हलमा यहि जेठ ३० र ३१ गते हुन गइरहेको प्रदेश स्तरिय प्रतियोगितामा गण्डकी प्रदेशका जिल्लाबाट १ पुरुष, १ महिला खेलाडी र व्यवस्थापक वा प्रशिक्षक मध्ये कुनै १ गरी जम्मा ३ जना सहभागी गराई दिन अनुरोध गर्दै सबै जिल्ला खेलकुद विकास समिति पत्राचार गरी जानकारी गराई सकिएको कास्की जिल्ला टेबुलटेनिस संघका सचिव कृष्ण रानाभाटले वताए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको नाम २८ गतेसम्म दर्ता हुनु पर्ने, दर्ता इमेल वा मोवाईलबाट गर्न सकिने,…