Author: Lokraj Roka

युरोप ,बेल्जियम म्याग्दी प्रबासी नेपाली संघ(मोना) बेल्जियमले युरोप स्तरिय भलिबल प्रतियोगिता आयोजना गरेकोछ । युरोपका बिभिन्न देशबाट ६ वटा टिमले भाग लिएको भलिबल प्रतियोगिता बेल्जियमको एन्तवेरपेन शहरमा आईतवार सम्पन्न भएको हो । प्रतियोगितामा एनआरएनए फ्रान्स पहिलो र जून पेरिस टिम दोश्रो भएका छन भने एनआरएन लग्जेम्बर्गलाई अनुशासित टिमको उपाधी प्रदान गरिएकोछ । अनिल थापा मगरलाई बेस्ट प्लेयर घोषणा गरिएकोछ । प्रथम पुरुस्कार दुई हजार युरो, द्वीतीय पुरुस्कार एक हजार युरो र बेस्ट प्लेयरलाई एक सय युरो सहित मेडल र प्रमाणपत्र परदान गरिएको थियो । भलिबल टिम संगै एनआरएनए फ्रान्सकी अध्यक्ष गीता थापा खनाल, लग्जेम्बर्ग टिममा खेलाडीको रुपमा एनआरएनए लग्जेमबर्गका अध्यक्ष…

Read More

पोर्चुगल लिस्वन नेकपा एमालेले चलाएको मिसन ग्रासरुट अभियान अन्तर्गत प्रवासी नेपाली मञ्च पोर्चुगलमा सम्पन्न भएको छ । यस ग्रासरुट अभियान सफलताका साथ सम्पन्न गर्न नेकपा एमालेलाई माया गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिवहिनी र प्रवासी नेपाली मञ्चमा आवद्ध सदस्यहरुले साथ दिनुभएको थियो । यस क्रममा अन्य राजनीतिक पार्टीका भातृ संगठन परित्याग गरि प्रवासी नेपाली मञ्चमा आवद्ध हुनुभएको छ । नेकपा एमालेमा प्रवेशको लहर विदेशमा पनि चलेको छ । नेपाली जनप्रगतिशिल मञ्चका प्रबिन वस्ती लगायत जनसम्पर्क समितिका धेरै युवाहरूले देशको विकास गर्ने भनेकै नेकपा एमालेले मात्रै हो भन्दै नेपाली प्रवासी मञ्चमा प्रवेश गर्नुभएको हो । । कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय…

Read More

पोर्चुगल । राहदानी विभाग काठमाडौँको टोलीले युरोपेली मुलुक पोर्चुगलबाट दुई हजार तीन सयभन्दा बढी नेपालीको राहदानीका लागि आवेदन फारम सङ्कलन गरेको छ । राजधानी लिस्बनमा सञ्चालित राहदानी सेवा शिविरबाट टोलीले दुई हजार तीन सय आठ नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । झण्डै एक महिनासम्म सञ्चालन भएको शिविरबाट दुई हजार तीन सय आठ नेपालीको प्रत्यक्ष दर्ता प्रणालीमार्फत् विद्युतीय राहदानीका लागि आवेदन सङ्कलन गरिएको टोली प्रमुख एवं विभागकी शाखा अधिकृत रञ्जिता दाहालले जानकारी दिइन् । उनका अनुसार सात सय ६४ जनाको राहदानी हराएको, एक हजार चार सय ४० जनाको नवीकरण, १८ जनाको क्षतिग्रस्त, १३ जना…

Read More

युरोप पोर्चुगल : लामो समयको पर्खाइ पश्चात बुधबारबाट पोर्चुगलको लिसवनमा नेपालीहरुको राहदानी बनाउने कार्य सुचारु भएको छ ।   लिसवनका लागि नेपाली अवैतनिक महावाणिज्यदूत कार्यालयको समन्वय र सहजीकरणमा लिसवनको आन्जुस कनाई नजिकै नेपालको परराष्ट्र मन्त्रालयका कर्मचारी, राहदानी विभागका कर्मचारी र फ्रान्सस्थिति नेपाली दूतावासका प्रतिनिधिको टोलीले मार्च २९ बुधवार देखि महिने राजदूत सेवा शुरु गरेको हो ।   एक महिनाभित्र नयाँ राहदानी बनाउनुपर्ने र नवीकरण गर्नुपर्ने सबै पोर्चुगलवासी नेपालीलाई समय मिलाएर सेवा लिन दूतावासले आग्रह गरेको छ । content/uploads/2023/03/9131FBDF-0B3B-4E61- class=”alignnone size-medium wp-image-56877″ />

Read More

लिस्वन पोर्चुगल नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीका लागि राहदानी र कन्सुलर सेवा प्रवाह सम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचना आए संगै पोर्चुगलमा बस्ने नेपालीको राहदानी समस्या समाधानका लागि प्रक्रिया सुरु भएको एनआरएनए पोर्चुगलका महासचिव राज कुमार थापाले बताए । थापाका अनुसार “अब पासपोर्ट बनाउने टीम पनि पोर्चुगलमा चाडै आउने मन्त्रालयबाट जानकारी पाइएको छ, राजदुतावासको सूचनामा पनि त्यो कुरा आएको छ ।“ उक्त सूचना अनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगन स्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्नेछन् । हाल पोर्चुगलमा बस्दै आएका नेपाली नगारिकलाई राहदानी र कन्सुलर…

Read More

पोर्तुगल विगत १५ बर्षदेखि युरोपेली मुलुक अष्ट्रियाको राजधानी भियनालाई कर्मथलो बनाउदै आउनु भएकी बाबा राजेश्वरी थापा नेपाल सरकार पर्यटन मन्त्रालयको नेपाल पर्यटन बोर्डबाट अष्ट्रियाको लागि पर्यटनदूत नियुक्त भएकी छन् । पर्यटनदूतको पदलाई अर्को भाषामा Honorary Public Relation Representative अर्थात् मानार्थ जनसम्पर्क प्रतिनिधि समेत भनेर बुझ्ने गरिन्छ । अष्ट्रियन यूनिभर्सिटीबाट पर्यटन व्यवसाय प्रवर्द्धनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी थापा गैरआवासीय नेपाली संघ मिडिया समितिको को-चेयर, प्रवासी नेपाली मञ्च अष्ट्रियाकी सचिव लगायत प्रवासका विभिन्न संघ-संस्थाहरुमा सकृय र नेतृत्वदायी भूमिकामा खेल्दै आएकी छन् । उनी आमसञ्चार र पत्रकारको रूपमा पनि क्रियाशील छिन् । उनको नियुक्तिलाई उपयुक्त पदमा सही व्यक्तिको छनौट भएको भनी प्रवासमा रहेका नेपालीहरुले…

Read More

काठमाडौँ । प्रवासी नेपाली अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त अध्यक्षता र पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख आतिथ्यता , विशिष्ट वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल उपाध्यक्ष अष्टलक्षमी शाक्य उपस्थितिमा प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनल २०७९ कार्तिक १९-२० ले सन्जय थापाको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ ।अमेरिका निबासी थापा यस अघि मञ्चको प्रमुख सल्लाहकार हुनुहुन्थ्यो। यस्तै समितिको उपाध्यक्षमा रमेश पाण्डे(अष्ट्रेलिया), सचिबमा हेम शर्पा (स्पेन) सहसचिवमा चानक पोख्रेल(कतार) र कर्ण शाही युके) चयन हुनु भएको छ । कमिटीको सदस्यमा पनि सर्बसम्बत चयन भएको छ । यस्तो छ नयाँ कार्यसमिति सन्जय थापा (अध्यक्ष) रमेश पाण्डे (उपाध्यक्ष) हेम शेर्पा (सचिव)…

Read More

युरोप साईप्रस “तामाङ जातिको उत्थान भाषा,धर्म र संस्कृतिको सम्बर्धन ” भन्ने मुल नाराको साथ स्थापना गरिएको नेपाल तामाङ घेदुङ साईप्रस परिवारले ३० अक्टोबर २०२२ आईतवारका दिन साइप्रसको पर्यटकिय शहर लिमासोलमा भौतिक रुपमा सम्पन्न नेपाल तामाङ घेदुङ साईप्रसको छैटौं बार्षिकोत्सव तथा तेस्रो अधिबेशन सम्पन्न गरेको छ नेपाल तामाङ घेदुङ साईप्रसका निवर्तमान अध्यक्ष लक्ष्मी ब्लोनको अध्यक्षता र संस्थापक अध्यक्ष तथा सल्लाहकार सितामाया तामाङ(नानु गोम्जा)प्रमुख आतिथ्यता रहेको थियो भने प्रवासी नेपाली मञ्च साईप्रसका अध्यक्ष श्यामलाल नेपाली लगाएत विभिन्न साईप्रसमा क्रियाशिल संस्थाहरु अध्यक्ष प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो उक्त कार्यक्रमले सुनीमायाँ डिम्डुङ तामाङको अध्यक्षतामा २७ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ। १, अध्यक्ष :…

Read More

महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ। मंगलवार गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा पुरस्कार ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले आविष्कार केन्द्रलाई माथिल्लो स्तरमा पुर्‍याउन आवश्यक रहेको बताए। उनले एउटा मात्रै आविष्कार केन्द्रहरु नभइ धेरै भन्दा धेरै आविष्कार केन्द्र खोल्नुपर्ने बताए। आविष्कार केन्द्रहरु खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उनको भनाइ थियो। देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरु…

Read More

युरोप पोर्चुगल प्रसूति वार्डमा ठाउँ अभावका कारण एक जना सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री डाक्टर मार्टा टेमिडोले पदबाट राजीनामा दिनुभएको छ ।
व्यथाले च्यापेकी एक भारतीय पर्यटकको प्रसूति वार्डमा ठाउँ नपाउँदा अस्ति मङ्गलवार ज्यान गएको थियो । ज्यान गएको खबर आउनेबित्तिकै स्वास्थ्यमन्त्री टेमिडोले राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ ।
पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको नियोनाटोलोजी इकाइमा ठाउँ नभएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको र यसै क्रममा उनको ज्यान गएको हो । गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गरिएको थियो त्यसपछि नवजात शिशुलाई आईसीयूमा भर्ना गरिएको थियो । बच्चा भने जीवितै रहेका र महिलाको ज्यान गएको विषयमा अनुसन्धान थालिएको खबरमा उल्लेख छ ।
तर…

Read More