म्याग्दीका दिपक शर्माले कालिका म्युजिक अवार्डको नेपाली चलचित्रको सर्वोत्कृष्ठ संगीत संयोजन अवार्ड जितेका छन् । उनले संगित संयोजन गरेको गित पर्खपर्ख मायालुकालागि उनले उक्त अवार्ड पाएका हुन् । म्याग्दीको मंगला गाउँपालिका १ का स्थायी बासिन्दा शर्मा पछिल्लो समय काठमाडौमा बस्दै म्युजिक कम्पोजको काम गर्दै आएका छन् ।
त्यस्तै दिपक शर्माकै गितका लागि सर्वोत्कृष्ट गित तर्फ अवार्ड पर्ख पर्ख मायालुका कृष्ण काफ्ले र विन्दु परियारले हात पारेका छन् ।
वरिष्ठ रचनाकार किरण खरेललाई यसवर्षको कालिका लाइफ टाइम एचिभमेन्ट अवार्ड वाट सम्मान गर्दै १४ औँ यमाहा कालिका म्युजिक अवार्ड तथा १६ औँ बार्षिकउत्सव कार्यक्रम सम्पन्न भएको छ । लामो समय देखि गिती रचनामा उल्लेखनिय योगदान पुर्याउनु भएका खरेललाई सम्मान गरिएको हो । खरेललाई कालिका मिडियाका निर्देशक दिपक पौडेल , कालिका एफएमका स्टेशन म्यानेजर ओमप्रकाश आचार्य, प्रदेश सांसद रिना गुरुङ, कालिका एचडी टेलिभिजनका स्टेशन म्यानेजर राजकूमार लामिछानेद्धारा संयुक्त रुपमा अवार्ड हस्तान्तरण गरिएको थियो ।
विगत १ वर्ष देखि विभिन्न माध्यमबाट चर्चित रहेका नेपाली गित, संगित र रचना र म्युजिक भिडियोको विभिन्न समुह बनाई जम्मा ३१ विधामा उत्कृष्ट ५ –५ जनाको मनोनयन सार्वजानिक गरिएको थियो । मनोनयनबाट सर्वोत्कृष्ट हुँदै स्थानिय सर्वोत्कृष्ट लोक दोहोरी गायन तर्फ गणेश चेपाङ, मध्य नेपालकै सर्वोकृष्ट गीततर्फ प्रदिप ढकाल, सर्वोत्कृष्ट राष्ट्रिय गिततर्फ रामकृष्ण ढकाल र सुमन डोटेलले अवार्ड जित्नुभएको छ ।
नवप्रवेशी सर्वोत्कृष्ट गायिका तर्फ सन्ध्या जोशी अवार्ड पाउनुभएको छ । त्यस्तै, लोक दोहोरीतर्फ राष्ट्रिय सर्वोत्कृष्ट शब्द तर्फ प्रकाश सपुत, सर्वोत्कृष्ट लय सिर्जना तर्फ पशुपति शर्मा, सर्वोत्कृष्ट गायक महिलातर्फ भुमिका गिरी,सर्वोत्कृष्ट गायक पुरुषतर्फ शिरिष देवकोटाले अवार्ड जित्नुभएको छ ।
आधूनिक गित तर्फ सर्वोत्कृष्ट आधूनिक शब्द तर्फ दिपेन्द्र नाथ, सर्वोत्कृष्ट संगीत संरचना तर्फ हरि लम्साल, सर्वोत्कृष्ट गायीका तर्फ निकिता थापा, सर्वोत्कृष्ट गायकतर्फ हेमन्त शर्माले अवार्ड पाउनुभएको छ ।
नेपाली चलचित्रतर्फ सर्वोत्कृष्ट संगीत संयोजकमा दिपक शर्मा, सर्वोत्कृष्ट गीतका शब्दतर्फ नरेश भट्टराई, सर्वोत्कृष्ट गायन महिला तर्फ सुजता वर्मा, सर्वोत्कृष्ट गायन पुरुष तर्फ कृष्ण काफ्लेले अवार्ड पाउनुभयो ।
सर्वोत्कृष्ट गजल गायन तर्फ प्रमोद खरेल र अविनाश थापाले अवार्ड जित्नुभएको छ ।
सर्वोत्कृष्ट पप ब्याण्ड तर्फ द एज ब्यान्ड ,सर्वोत्कृष्ट पप गीत शब्दतर्फ कमल खत्री, संगीत संयोजनतर्फ दिपक बज्राचार्य र रिकि शाक्य, गायन महिला तर्फ टिका प्रसाइ, गायन पुरुष तर्फ शिव परियारले अवार्ड पाउनुभयो ।
सर्वोत्कृष्ट भिडियो सम्पादनतर्फ पवन सुश्लिङ, सर्वोत्कृष्ट भिडियो निर्देशकतर्फ सान थापा, सर्वोत्कृष्ट सिनोमा अटोगा्रफितर्फ अर्जुन तिवारी, सर्वोत्कृष्ट भिडियो अभिनय पुरुषतर्फ पल शाह, सर्वोत्कृष्ट भिडियो अभिनय महिला तर्फ आस्मा विश्वकर्माले अवाड प्राप्त गर्न सफल हुनुभएको छ ।
त्यस्तै सर्वोत्कृष्ट संगीत संयोजनतर्फ विनय के टू, सर्वोत्कृष्ट यूगल गायनतर्फ सुमन केसी र मेलिना राईले अवार्ड पाउनुभयो भने सर्वोत्कृष्ट गितको अवार्ड पर्ख पर्ख मायालुका कृष्ण काफ्ले र विन्दु परियारले हात पारेका छन् । सर्वोकृष्ट श्रोता छनोट अवार्ड भने माछिले खाने खोलीको लेउ गितका रचनाकार दिनेश थपलियालाई प्रदान गरिएको छ । वर्ष भरि सर्वा्धिक सफलता प्राप्त गर्न सकेका गित, संगित र रचनाहरुलाई यसै क्षेत्रमा कार्यरत विज्ञहरुको सल्लाहमा छनोट गरि आम सर्वसाधारणको एसएमएस मतको आधारमा उत्कृष्ट १ –१ जनालाई यो अवार्ड प्रदान गरिएको थियो ।
त्यस्तै ,कालिका मिडियाका उत्कृष्ट कर्मचारीको रुपमा सौगात कोईरालालाई पुरस्कृत गरिएको छ भने अन्तर कर्मचारी खेलकुद प्रतियोगितामा प्रथमहुने अनिल आचार्यलाई ५ हजार र द्धितीय हुन सफल शम्भु विकलाई नगद ३ हजार सहित पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा पञ्चै तथा नौमती वाजाका विजयी समूह नमूना वाजा समूह गैडाकोटलाई पुरस्कार वितरण गरिएको छ । यो सँगै कालिका मिडियाको १६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा दर्शकमाझ सर्जकहरुले बेजोड प्रस्तुति दिएका थिए भने चितवनकी चेली वृन्दा दाहालको उत्कृष्ट नृत्यमा दर्शक झुमेका थिए ।
यसैविच पुर्व मन्त्री एवम् कालिका मिडियाका अध्यक्ष विक्रम पाण्डेले सबै सर्जकहरुलाई सफलताको शुभकामना समेत दिनुभएको छ । साथै उहाँले कलाकार देशको गहना र गीत संगित राष्ट्रको पहिचान भएकाले १४ वर्ष देखि निरन्तर रुपमा मोफसलबाट राष्ट्रिय स्तरको अवार्ड प्रदान गरिदै आएको बताउनुभयो । कार्यक्रममा बोल्दै कालिका एफएमका स्टेशन म्यानेजर ओम प्रकाश आर्चायले कलाकारको सम्मानका लागि कहिल्यैं नचुक्ने बताउनुभयो । आर्चायले कालिका एफएम बन्द कोठामा मात्र सिमित नभई समाज सेवामा केन्द्रित भएको बताउनुभयो । कालिका एच डी टिभिका स्टेशन म्यानेजर राजकुमार लामिछानेले कलाकर्मी तथा सर्जकहरुको योगदानलाई सम्मान गर्दै म्युजिक अवार्डलाई अझै परिस्कृत गरेर लैजाने प्रतिवद्धता जनाउनुभयो ।