काठमाडौं, २१ माघ – त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेद्वार बन्न योग्य छैनन् । प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेको छन् ।
प्रमुख विद्यार्थी संगठनको नेतृत्वमा रहेका पदाधिकारीहरु ३० देखि ४० वर्ष उमेर समूहका छन् । केही विद्यार्थी नेताले भने ४० वर्ष उमेर पनि काटिसकेका छन् । नेविसंघका अधिकांश नेता ३५ देखि ४२ वर्षभित्रका छन् । अनेरास्ववियुका पदाधिकारी अधिकांश ३० देखि ३५ वर्षभित्रका छन् ।
तीन संगठनमा चार नेतामात्र योग्य त्रिवि सभाले कायम गरेको उमेर हदबन्दीअनुसार स्ववियु चुनावमा उम्मेदवार हुन तीन संगठनका पदाधिकारीभित्रका चार नेता मात्र योग्य छन् । नेविसंघका १५ पदाधिकारीमध्ये एकजना मात्र २८ नकटेका छन् । अनेरास्ववियुमा अध्यक्षदेखि विभिन्न आयोग अध्यक्षसम्म्का १७ नेतामध्ये एक र अनेरास्ववियु क्रान्तिकारीमा महासचिवसम्मको २७ सदस्यीय कार्यालय टिममा एकजना मात्र २८ वर्षभन्दा कम उमेरका छन् । नयाँ पत्रिका
२८ वर्षे उमेर हदबन्दी-संगठनका पदाधिकारीहरुलाई तनाव
Previous Articleको बन्ला नयाँ आईजी ? अस्वाभाविक दौड र ‘सौदाबाजी’
Next Article चीनद्वारा शक्तिशाली मिसाइल परीक्षण