बुटवल, १९ माघ – एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नैतिकहीन खेलाडीको संज्ञा दिएका छन्। पार्टी र आफूलाई घर न घाटको बनाएका प्रचण्डले देशलाई पनि संकटमा धकेल्न चाहिरहेको बताए।
‘एमाले पार्टी हुदा सम्म देशले धोका पाउदैन, उनले दाविका साथ भने, जस्तो सुकै शक्ति आए पनि राष्ट्रियता बचाउन एमाले प्रतिवाद गर्न तयार छ ।’ देशका हरेक नागरिकलाई सेना बनाएर देशको रक्षा गरिने उनले बताए।
संविधान कार्यान्वयनको म्याण्डेट लिएर बनेको सरकार संविधान अफसल बनाउन लागि परेको आरोप उनले लगाए । संविधान कार्यान्वयन गर्ने समयमा विभिन्न बाहानाबाजी गरिहरको भन्दै समयमा निर्वाचन नभए संबिधान फेल हुने दावि गरे।
नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ प्रदेश नम्वर ५ को बुधबार बुटवलमा भएको भेलामा बोल्दै नेता गौतमले निर्वाचन गर्न वनेको सरकारले देशको हितमा काम गर्न नसकेको आरोप लगाए।
‘एमाले नेतृत्वको सरकारले ल्याएको वजेट लोकप्रिय भएका कारण बजेट कार्यान्वयन गर्न छाडेर सरकार अलमलको बाटोमा हिडेको छ, उनले भने। एमालेको सरकारलाई षडयन्त्रपूर्ण रुपले गिराएर संबिधान कार्यान्वयन गर्न आलटाल गरिरहेको वताउदै त्यसको सरुवात संविधान संसोधन प्रकृयाले पुष्टि गरेको उनले बताए। संसोधनको विषयलाई अगाडि सारेर तीन तहको निर्वाचनको मिति टार्न खोजेको बताए।
नेता गौतमले संबैधानिक संकट ल्याउने भन्दै जस्तोसुकै भुत खडा गरेपनि एमाले नडराउने बताए। उनले एमाले पार्टी रहुन्जेल नेपाललाई समाप्त हुन नदिने जिकिर गर्दै कुनै पनि विदेशीले नेपालमा हस्तक्षेप गर्न नसक्ने दावि गरे। देश जोगाउन एमाले भन्दा अर्को शक्ति नरहेको उल्लेख गरेका गौतमले हस्तक्षेप आइलागे प्रत्येक ब्यक्ति सैनिक बनेर खडा हुन तयार रहेको बताए।
Previous Articleखाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो
Next Article घरले च्यापेर चार जनाको मृत्यु