काठमाडौँ, १२ माघ – निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको दशवटा शहरको भौतिक पूर्वाधार निर्माण शुरु भएको छ ।
नयाँ शहर विकास आयोजनाका प्रमुख चक्रवर्ती कण्ठले मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको दश वटा शहरको आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार निर्माणको काम शुरु भइसकेको जानकारी दिए ।
चालु आर्थिक वर्षमा दसवटै शहरको स्वीकृत विकास योजना तयार हुने जानकारी दिँदै उनले स्वीकृत योजनाको तयारीपछि शहर निर्माण कार्यले तीव्रता पाउने बताए । उनका अनुसार, लोकमार्ग आसपासको बस्ती समेटेर विसं २०९० सालसम्म दश वटा सुविधा सम्पन्न शहर निर्माण हुनेछ । गोरखापत्र
दशवटा नयाँ शहरको भौतिक पूर्वाधार निर्माण शुरु
Previous Articleसालीलाई छोरी बनाएर नागरिकता दिने पर्वते भिनाजु पक्राउ
Next Article थ्रेसहोल्ड नराख्न सभापतिलाई ‘थर्काए’पछि…