काठमाडौं, १ माघ-चार करोड ४४ लाख नेपाली रुपैयाँ बराबरको अबैध विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको टोलीले शनिबार बिहान काठमाडौंको नागढुंगाबाट चार करोड ४४ लाख नेपाली रुपैयाँ बराबरको अबैध विदेशी मुद्रासहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए।रसुवाको केरुङतर्फ गइरहेको पर्यटक बोक्न प्रयोग गरिने बा १ य १२३२ स्कारपियो जिपसहित चिनियाँ नागरिकलाई अवैध विदेशी मुद्रासहित प्रहरीको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुई महिला र एक पुरुष छन्।
पक्राउ परेका चिनियाँ नागरिकका साथबाट प्रहरीको टोलीले २ लाख ६० हजार ६ सय अमेरिकन डलर, एक लाख १८ हजार ६ सय १० युरो, केही अष्ट्रेलियन र क्यानेडिएन डलर बरामद गरिएको खनालले जानकारी दिए। पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको खनालले बताए।
प्रहरीका अनुसार शनिबार बिहान २ बजेर १५ मिनेटमा चिनियाँ नागरिक ठूलो रकमसहित पक्राउ परेका हुन् । प्रहरीले संगठित अपराधमा संलग्न चिनियाँ नागरिकलाई यसरी पहिलो पटक ठूलो रकमका साथ पक्राउ गरेको बताएको छ ।
प्रहरीले वैदेशिक मुद्रामा चिनियाँ नागरिकलाई संगठित अपराधको मुद्दा पहिलो पटक लगाउन लागेको बताएको छ । चिनियाँहरुले वैदेशिक मुद्राको कारोबारबाट व्यापार गर्ने गरेको समेत खुलेको प्रहरीको भनाइ छ ।
साढे ४ करोड अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ
Previous Articleपुष्पलाललाई नभनी बिपी भेटेपछि…
Next Article उच्च रक्तचाप भएको कसरी थाहा पाउने ?