काठमाडौँ, २९ पुस – ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ड्रोन क्यामेरा प्रयोग गर्ने भएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालय रामशाहपथमा आयोजित एक कार्यक्रममा एनएमबी बैंकका प्रबन्ध निर्देशक उपेन्द्र पौडेलले ३ लाख ५० हजार बराबरको आधुनिक ‘प्यान्टम फोर प्रो’ मोडलको ड्रोन महाशाखालाई हस्तान्तरण गरेका हुन् ।
जाम हुने उपत्यकाका मुख्य सडक र चोकहरुमा ट्राफिक प्रहरीले ड्रोन क्यामेराबाट सडकको अवस्थाको प्रत्यक्ष जानकारी लिनेछ । ‘उपत्यकाभित्रको बढ्दो ट्राफिक जाम र ट्राफिक उल्लंघनका घटनालाई मध्यनजर गर्दै हामीले महाशाखालाई ड्रोन हस्तान्तरण गरेका हौँ,’ पौडेलले भने।
ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रकाश अर्यालले ट्राफिक प्रहरीले ट्राफिक व्यपस्थापनमा एकपछि अर्को प्रविधि भित्र्याउँदै आएकोले उपत्यकाको ट्राफिक प्रहरी व्यवस्थापन पनि सहजतर्फ उन्मुख भएको बताए ।
काठमाडौंको आकाशमा उड्ने भो ट्राफिकको ड्रोन
Previous Articleसुन तस्करीबारे महराले भने,‘म त भुरा माछा हुँ’
Next Article प्रचण्डका मन्त्रीले खुवाए छोरा, भाइ, भतिजालाई जागिर