काठमाडौं, २८ पुस – हास्यकलाकार हरिवंश आचार्यले सामाजिक क्षेत्रमा काम गरिरहेको संस्था हेल्प नेपालको प्रशंसा गरेका छन् । बुधवार भूकम्पले ढलेका दुई विद्यालय निर्माणका लागि रकम हस्तान्तरण गर्न प्रमुख अतिथिको रूपमा हेल्प नेपालको कार्यक्रममा पुगेका उनले खुलेर प्रशंसा गरेका हुन् ।
‘आज त हात पनि धुन नपरोस्,’ कार्यक्रममा ठट्टा गर्दै उनले भने, ‘तर ट्वाइलेट लागिरहन्छ, हात त धुनै प–यो ।’ उनले हेल्प नेपालले विद्यालय निर्माणका लागि प्रदान गरेको सो रकम आफ्नो हातले उचाल्न पाउँदा खुशी लागेको बताएका हुन् ।
यस्तो पवित्र कामका लागि बनेको चेक छोएकोले आफूलाई हातै धुन नपरोस् भन्ने धारणा आएको टिप्पणी गरेका हुन् हरिवंशले । गत वर्षको भूकम्पले ढलेका विद्यालय बनाउन हेल्प नेपाल नेटवर्कले ८० लाख सहयोग गरेको हो ।
सिन्धुपाल्चोक र दोलखाका दुई विद्यालय बनाउन हेल्प नेपालले जनही ४०/४० लाख रुपैयाँ प्रदान गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रमको अवसर पारेर हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सो रकम प्रदान गरेका हुन् । सिन्धुपाल्चोकको ठोकर्पा उच्च मावि र दोलखाको राजकुलेश्वर आधारभूत विद्यालय बनाउनका लागि सो रकम प्रदान गरिएको हो ।
आचार्यले सामान्य नागरिकले गरिरहेका यस्ता समाजसेवी काममा सामेल हुन पाउँदा आफूलाई खुशी लाग्ने बताए । तर सरकारको भने विरोध गरे । आचार्यले कार्यक्रममा मन्तव्य राख्दै गर्दा पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बर्खास्त गर्नका लागि मन्त्रिपरिषद्को बैठक बसिरहेको थियो ।
त्यही मौकामा उनले व्यंग्य प्रहार गर्दै भने ‘कारबाही त धागोलाई गर्नुपर्छ, सीईओलाई कारबाही गरेर काम बन्दैन ।’ उनले सियो भन्दा धागोको जिम्मेवारी लामो र धेरै हुने भएकोले धागोलाई नै कारबाही गर्नुपर्ने बताए । प्राधिकरणका बहिर्गमित सीईओ ज्ञवालीलाई सियोसँग तुलना गरेका उनले सरकारलाई चाहिँ धागोसँग तुलना गरेका हुन् ।
‘नेताहरूले धुर्मुस—सुन्तलीसँग प्रतिस्पर्धा गरून्’
कार्यक्रममा पुगेका अर्का हास्यकलाकार श्रेष्ठले हेल्प नेपालको मात्रै प्रशंसा गरेनन् भूकम्पपछि पुनर्निर्माणको काम गरिरहेका कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको समेत प्रशंसा गरे ।
धुर्मुस र सुन्तलीको नामबाट परिचित उनीहरूले भूकम्पपछि दुईवटा एकीकृत वस्ती निर्माण गरिसकेका छन् भने मुसहर वस्ती निर्माणका लागि काम शुरु गरेका छन् ।
‘समाजसेवामा नेताहरूले धुर्मुस सुन्तलीसँग कम्पिटिसन गरून्,’ श्रेष्ठले भने, ‘उनीहरूले सरकारले लाज मान्नुपर्ने गरेर काम गरेका छन् ।’ श्रेष्ठले हेल्प नेपाल, धुर्मुस सुन्तली फाउन्डेसन जस्ता संस्थाहरूले फटाफट काम गरिरहँदा सरकार चाहिँ चिरनिद्रामा रहेको बताए ।
मुसहर वस्ती निर्माणको शिलान्यास समेत गर्न पुगेका उनीहरूले यस्ता पवित्र काममा सहभागी बन्न पाउँदा निकै रमाइलो लाग्ने गरेको बताए । श्रेष्ठ र आचार्यले धुर्मुस सुन्तलीको कामबाट प्रभावित भएर एक लाख रुपैयाँ सहयोग समेत गरेर आएको बताए ।