काठमाडौं, २१ पुस -प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार साँझ भेट गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख नेताहरूसँग भएको भेटमा भण्डारीले संविधान संशोधन विधेयक, संसद् अवरोधलगायत विषयमा चासो प्रकट गरेकी थिइन् । उनले संविधान कार्यान्वयनका लागि प्रमुख दलहरू मिलेर अघि बढ्नुपर्ने पूर्ववत् सुझाव दोहोर्याएकी थिइन् ।
‘नेताहरूसँग राष्ट्रपतिज्यूले अहिलेको सन्दर्भमा दलहरू मिलेर जानुको विकल्प नरहेको सुझाव दिनुभयो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने । २०७४ माघभित्र तीनवटै निर्वाचन हुने गरी अघि बढ्न पनि उनले नेताहरूलाई आग्रह गरेकी थिइन् ।
भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी रहेको शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिले भनिन्-मिलेर अघि बढ्नुस्, निर्वाचन गराउनुस्
Previous Articleएमालेद्धारा राजनधानी विशाल मोटरसाइकल र्याली (फाेटाे फिचर)
Next Article नेपाली राजनीतिमा छिमेक नीतिको प्रभाव