डिल्लीप्रसाद गौतम
आजकल हरेक दिन कुनै न कुनै किसिमका अपराधिक घटनाहरु घटिरहेको सुन्नमा आउँद्छन् । समयको परिवर्तन नयाँ–नयाँ वैज्ञानिक आविष्कार, बढ्दो जनघनत्व तथा मानविय महत्वकांक्षा, पहिरन तथा नयाँ नयाँ फिल्मी चलचित्र (सेक्सी) जस्ता आविष्कारले पनि दिनहुँ आपराधिक घटनाहरु घटिरहेका पाइन्छन् । यिनै घटनाहरुको नियन्त्रण, निगरानी तथा उक्त घटनामा संलग्न दोषीहरुलाई कानुन सम्मत कार्वाहि गर्नको लागि राज्यले समयको परिवर्तनसँगै आफ्ना नीति, नियम तथा कानुनमा परिवर्तन गरिरहेकै हुन्छन् । त्यसको साथसाथै उक्त गतिविधिमा निगरानी तथा प्रक्रियागत कारवाहीको लागि परिस्थिति अनुसार सञ्चालित हुने गरि राज्यले सुरक्षा संयन्त्र पनि तयार पारेको हुन्छ । सामान्य परिस्थिति नियमित शान्ति सुरक्षा तथा अमन चयन कायम राख्दै चोरी, डकैती, लुटपाट, लागु औषध तथा अन्य ज्यान सम्बन्धि जघन्य अपराध नियन्त्रणको लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी, तिनको मातहतमा रहने गरी सिभिल पुलिस, त्यस्तैगरी अपराधिक घट्ना घट्न सक्ने संभावना तथा संभावित व्यक्ति उपर निगरानी राख्न अनुसन्धान विभाग, राज्यमा विशेष परिस्थिति सिर्जना भएमा, सिमा सुरक्षा तथा बाह्य हस्तक्षेप भएमा सञ्चालित हुने गरि नेपाली सेनाजस्ता तहगत सुरक्षा निकायको व्यवस्था भएको र सञ्चालित पनि भएका पाइन्छन् ।
यसरी विभिन्न तहगत सुरक्षा निकायको गठन तथा खटनपटन भएपनि सुरक्षा निकायले आफ्नो अनुसन्धान प्रक्रिया के कसरी अगाडी बढाई रहेको छ र दोषीले कतिसम्म कानुनी दायरामा आउन सकेका छन् र पीडितले न्याय पाउन सकेका छन् ? यो जनसरोकारको विषय हो र हुनुपर्दछ । हामीले दिनहुँ जति घटना भएको सुनिरहेका हुन्छौं त्यसको तुलनामा के कति अपराधी पक्राउ परे, कतिले कानुनअनुसार दण्ड जरीवाना भोगे भन्ने कुराको जानकारी कम मात्रामा पाउने गरेका छौं । खासगरी अपराधिक घटनाहरु गाउँमा भन्दा शहरमा बढि घट्ने गरेका पाइन्छन् । शहरमा बढ्दो बस्ती, जनघनत्व, नयाँ–नयाँ अपराधिक साधनको सुलभताले गर्दा घटना घटाउन तथा छिप्न सजिलोका कारण शहरी एरियामा यस्ता घटना बढि हुने गर्दछन् । त्यसै अनुसार सुरक्षा निकाय पनि परिचालन भएकै हुन्छन् तरपनि किन घटिरहेका छन् त ? जस्ता घट्ना आमचासेको विषय हो । कैयौं घटना दिन दहाडै चमत्कारिक रुपमा घट्ने गरेको पाइन्छ र त्यस्ता घटनामा प्रहरी निगरानी किन फिलतो हुन्छ र घटना पश्चात सुरक्षा निकायले अपराधी किन पत्ता लाग्न सक्दैन र पीडितले न्याय पाउँदैनन् ? यस्ता किसिमका घटनाले आमनागरिक आफु सुरक्षित छु र सुरक्षा निकायले आफुलाई न्याय दिन सक्छ भनी न्यायको प्रत्याभूति पाउन सकिरहेका छैनन् ।
अपराधीहरुले अपराधमा नयाँ–नयाँ प्रकृति अपनाएको पाइन्छ । यस्तै किसिमको घटना यहि मिति २०७३÷०९÷१२ गते नेपालकै प्रमुख शहर काठमाडौंको अति नै व्यस्त ठाउँ कलंकीमा लेखकको आँखा अगाडी नै घट्यो । पेटीमा बस कुरेर बसिरहेकी महिलामाथि अदृश्यहरुमा पछाडीबाट फोहोर प्रहार भयो । महिलाले आफ्नो बस्त्रमाथि रहेको फोहोर कपडा हटाउन आफ्नो व्याग भूँइमा राखिन र कपडा खोल्न थालिन् नजिकैको किराना पसलबाट १ बोटल पानी किनेर उक्त फोहोर पखाल्न थाल्दा नाटकीय ढङ्गले उनको व्याग गायव भयो । उनको व्यागबाट करिव ३० हजार पैसा, आफ्नो केही आवश्यकीय सामाग्री तथा कपडा सहित व्याग गायव भयो । लेखक आफैले प्रहरीको फोन १०० मा कल गरेर सई सावको नेतृत्वमा महानगरिय प्रहरी विभागबाट एक गाडी सुरक्षाकर्मी साथमा २÷४ जना साधा पोशाकका प्रहरी पनि उपस्थित भए । घटनाको वास्तविकता पछि आसपासका पसल र पेटीबाट सुरक्षाकर्मीले संभावित तथा आशंकित व्यक्तिहरुलाई पक्राउन पनि ग¥यो । तत्तपश्चात पीडितको नाम ठेगाना टिपोट गरी जानकारी दिने भनि ति महिलालाई गन्तव्यतर्फ लाग्न सुझाए । त्यती मात्र हैन यस्तै प्रकृतिको घटना आधा घण्टा अगाडी त्यही कलंकीको वावा पेट्रोल पम्प भन्दा २÷३ सय मिटर माथि त्यति घटि रहेको रहेछ । त्यहाँ उपस्थित सई साहेव भन्दै थिए कसले घटाइरहेको छ यस्ता घटना ? दिनहुँ २÷४ वटा घटना घटिरहेको र प्रहरीले पक्रन सकिरहेको छैन भनि स्वयं सुरक्षाकर्मी नै आश्चर्य चकित बनेका थिए । यसरी छिन–छिनमा घट्ने घटनाका बारेमा किन प्रहरीले नियन्त्रण गर्न सकिरहेको छैन र पीडितलाई न्याय दिन सकिरहेको छैन् ? देशको राजधानीमा नै यस्तो सुरक्षा व्यवस्था छ जहाँ नागरिक लुटिरहेका छन्भने अन्यन्त्रको हामी के आशा गर्ने ? कहिले पाउँलान ति पीडितले राहत र भन्लान धन्य नेपाल प्रहरी । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् दोषीले उन्मुक्ति नपाउन् र पीडितले राहत पाउन यही लेखको तर्फबाट शुभकामना !!