पर्सा, १६ पुस – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान संशोधन भन्दा पनि स्थानीय चुनाब कांग्रेसको प्राथामिकतामा रहेको बताएका छन्। प्रेस युनियन पर्साले गरेको कार्यक्रममा उनले सरकारको प्राथमिकता पनि स्थानीय चुनाव नै हुनुपर्ने बताए।
संशोधन प्रस्ताव फेल भएपनि चुनाव नरोकिने उनले बताए। कोइरालाले एक साताभित्रै स्थानीय चुनावको मिति घोषणा हुने बताए। उनले भने, ‘चुनावको मिति घोषणा गरेपछि मोर्चा र एमाले दुवैलाई दबाव पर्छ।’ संशोधन प्रस्ताव फेल भए मधेशबाट एमाले सकिने उनले बताए। संशोधन प्रस्ताव फेल भयो र मोर्चा चुनावमा भाग नलिए पनि स्थानीय चुनाव नरोकिने उनले बताए।
Previous Articleलक्ष्मण श्रीको मायालु हिमालको काखैमा छायांकन
Next Article काठमाडौँ र पोखरामा एनटीसीको फोरजी सेवा