बागलुङ,१४ पुस – आठौं जिल्ला अधिवेसनबाट निर्वाचित एमाले नेतृत्वले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुको विकल्प नभएको ठहर गरेको छ । विहिवार आयोजित पत्रकार सम्मेलनमा पहिलो बैठकको निर्णय र प्रतिवद्धता सार्वजनिक गर्दै एमालेले अवको १३ महिना भित्र गर्नुपर्ने संघिय प्रादेशिक र स्थानीय निर्वाचन अनिश्चित बन्दै गएको भन्दै सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिएको हो । निर्वाचित अध्यक्ष इन्द्रलाल सापकोटाले संविधान कार्यान्ववयन नभए गम्भिर राजनीतिक र संवैधानिक शुन्यता आउने समेत चिन्ता व्यक्त गरे ।
पहिलो बैठकले जिल्लाको विकास निर्माणको बजेटलाइ फ्रिज हुन नदिने अभियानमा अगुवाइ गर्ने निर्णय गरेकोे छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र त्यस अन्र्तगतको बजेट, चुहावट रोक्ने, विगतका बर्षमा जस्तो ठूलो अंश फिर्ता हुने काम रोक्न पहल गर्ने, राज्यको स्रोत साधन समानुपातिक वितरणका लागि न्यायिक योगदान र प्रभावकारी खर्च गर्न आफ्नो कर्तव्य ठानेको पत्रकार सम्मेलनमा बताइएको थियो ।
एमालेले पार्टीलाइ सुदृढ बनाउने, जीवन्त र क्रियाशिल बनाउने र राजनीतिक, बैचारिक तथा आर्थिक अभियान संचालन गरी पार्टीलाइ पहिलो बनाउने प्रतिवद्धता जनाएको छ । राष्ट्रिय एकता, समृद्धि र स्वाभिमानको कार्यान्वयनमा एमालेले अभियान संचालन गर्ने, कार्यकर्तामा योग्यता, क्षमता र सक्रियताको आधारमा जिम्मेवारी दिने प्रतिवद्धता पनि जनाएको छ । प्रशासनिक क्षेत्रका ढीला सुस्तीलाइ हटाउन पहल गर्ने र पार्टीलाइ प्रविधि मैत्री बनाउने समेत प्रतिवद्धता जनाएको हो ।
जिल्ला कमिटिलाइ समावेशी बनाएको अध्यक्ष सापकोटाले बताए । ५९ जना निर्वाचित कमिटिमा अन्य २८ जना (४७ं.४५ प्रतिशत), जनजाती २२ जना (३७ं.२८ प्रतिशत), महिला १९ जना (३३ प्रतिशत), दलित ८ जना ( १३ं.५६ प्रतिशत) र अल्पसंख्यक १ जना (१ं.७ प्रतिशत) र मजदुर १ जना (१ं.७ प्रतिशत) रहेको छन ।
अधिवेसनपछि गुट उपगुटबाट टाढा राखेर लोकतान्त्रिक विधि र प्रकृयामा अगाडि बढाउने सापकोटाले बताए । ‘कुनै समूहको जीत नभइ समग्र कार्यकर्ताको भावना अनुसारको नृतृत्व निर्माण भएको छ’ सापकोटाले भने, ‘संचारमाध्यम र सामाजिक संजालमा आएका कुराहरु निराधार हुन् ।’ पार्टीको अधिवेसनमा दुइ समूह बीच निर्वाचन भएको थियो ।
केही समयभित्रै कार्ययोजना बनाएर जिल्लाभर जागरण अभियान संचालन गर्ने, निर्वाचन लक्षित कार्यक्रम गर्ने र पार्टी संगठनलाइ पुर्नताजगी दिने पनि एमालेले छलफल चलाएको बताइएको छ । पार्टीको आर्थिक हिसाव कितावलाइ पारदर्शी बनाउन आन्तरिक र बाहिरी लेखापरिक्षणलाइ प्रभावकारी बनाउन थालिसकिएको निर्वतमान अध्यक्ष श्रीप्रसाद शर्माले बताए । अघिल्लो समितिले शर्माको कार्यकाललाइ १७ लाख ऋण दिएको भन्दै अवको कार्यसमितिलाइ एक रुपैयाँ पनि ऋण हस्तान्तरण नगर्ने उनले प्रतिवद्धता जनाए । केही दिनमा सबै हिसाव किताव पुरा गरेर सके नाफा, नभएपनि शुन्य हिसाव बुझाउने उनको भनाइ थियो ।
कार्यकर्ताले मांसहारी खानाको बील बुझाएमा पार्टीले नतिर्ने, इमान्दारीतालाइ प्राथमिकता दिने तथा आर्थिक विकासको मेरुदण्डको रुपमा गाउँगाउँमा सहकारी अभियानलाइ संचालन गर्ने नीति लिइने पनि सापकोटाले जानकारी गराए । अहिले भैरहेका सहकारी मार्फत उद्यमशिल बन्ने र आर्थिक विकास गर्न सहयोग गर्ने तथा केही नयाँ अभियानमा पनि कार्यकर्तालाइ जोडेर धनी बनाउने अभियान संचालन गर्ने उनको भनाइ थियो ।
एमाले अध्यक्ष सापकोटाको अध्यक्षता, सचिव लालबहादुर थापाको संचालन र उपाध्यक्ष कृष्ण पाठकको स्वागतमा सम्पन्न पत्रकार सम्मेलनमा अध्यक्ष सापकोटाले अवको निर्वाचनमा नगरपालिकाको मेयर, सांसद र सबै खालका निर्वाचनमा एमालेकै नेतृत्व र बहुमत हुने दावी समेत गरेका थिए । आफ्नो कार्यकाल सफलताको उच्चतम नमूना बन्ने समेत उनले दावी गरेका थिए ।
सापकोटाको प्राथमिकता: ‘पहिलो पार्टी र संविधान कार्यान्वयन’
Previous Articleदुईवटा सिमकार्ड लाग्ने आइफोन ल्याउँदै एप्पल
Next Article प्रियंकाले बनाउने भइन् नेपाली भाषामा फिल्म