काठमाडौं, ४ पुस – आफ्ना रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघले आन्दोलनको घोषणा गरेको छ । युवा संघले भोलि ५ गते लुम्बिनी बन्द आहृवान गरेको हो । युवा संघको आकस्मिक बैठक अहिले बसिरहेको प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिएका छन् । तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।