काठमाडौं, २१ मंसिर – प्रमुख सत्ताधारी दल नेकपा माओवादी केन्द्रको विभिन्न प्रदेश र विभागमा पार्टी नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । बुधबार पार्टी कार्यलय पेरिसडाँडामा बसेको पार्टी पोलिटब्युरोको बैठकले उक्त जिम्मेवारी बांडफाँड गरेको हो ।
स्थानीय निकायको चुनावलाई लक्षित गरेर “गाउँ नगर घरघर जाउँ ! माओवादी केन्द्रलाई विजय गराऔँ !!” भन्ने नारा समेत घोषणा गरेको छ ।त्यस्तै पार्टीले चुनाव लक्षित तीन महिने कार्ययोजना समेत घोषणा गरेको छ ।
कार्ययोजना अन्तर्गत पुष मसान्तसम्ममा सदस्य नविकरण गरिसक्ने र पुष १० गते भित्र सबै प्रदेशका बैठक र प्रशिक्षण सकाउन निर्देशन दिएको छ । पुष १५ गतेसम्म जन वर्गिय संगठनहरुको एकिकरण र माघ मसान्तसम्ममा गाविस, वडा र नगरको सम्मेलन र फागुन मसान्तसम्म जिल्लाको सम्मेलन सकाउने बैठकले निर्देशन दिएको छ ।
यस्तो छ जिम्मेवारीः
प्रदेश न. १
इन्चार्जः गोपाल किराँती
संयोजकः सावित्री कुमार काफ्ले
प्रदेश न. २
इन्चार्जः मात्रीका यादव
संयोजकः विश्वनाथ साह
प्रदेश न. ३
इन्चार्जः हितमान शाक्य
संयोजकः झक्कु सुवेदी
प्रदेश न. ४
इन्चार्जः देव गरुङ
संयोजकः कुमार
प्रदेश न. ५
इन्चार्जः वर्षमान पुन (अनन्त)
संयोजकः पुर्ण घर्ती (आयम)
प्रदेश न. ६
इन्चार्जः शक्ती बस्नेत
संयोजकः पारसमणी
प्रदेश न. ७
इन्चार्जः लेखराज भट्ट
संयोजकः लक्ष्मण जोशी
प्रवास विभागः नारायणकाजी श्रेष्ठ (प्रकाश)
संगठन विभागः राम बहादुर थापा (बादल)
महाधिवेशन आयोजक समिति ३ हजार ९९९ पुग्यो
नेकपा माओवादी (केन्द्र) ले केन्द्रिय महाधिवेशन आयोजक समितिको संख्या ३ हजार ९ सय ९९ पुर्याउने निर्णय गरको छ । मंगलबार काठमाडौंमा बसेको पोलिटब्युरो बैठकले जम्बो केन्द्रिय समितीको प्रस्ताव पारित गरेको हो । बैठकमा माओवादी अध्यक्ष प्रचण्डले ‘अहिले मुलुकमा दक्षिणपन्थी खतरा’ हावी भएको भन्दै नेता कार्यकर्तालाई गाउँ–गाउँ जान निर्देशन दिएका छन । बैठकमा सहभागी एक पोलिटब्युरो सदस्यका अनुसार अध्यक्ष प्रचण्डले दक्षिणपन्थी खतराको गम्भिर सुचना आफुसम्म आपुगेको उल्लेख गर्दै भनेका छन्, ‘सवै कुरा अहिले यहाँ भन्दिन्, दक्षिणपन्थी खतराको बिरुद्ध संघर्ष गर्न अब तपाई नेता साथिहरु गाउँ जानुस् ।’ संघर्ष, धर्म निरपेक्षता लगायका मुद्दामा जनमत तयार गर्न भन्दै माओवादीले देशभर तिन महिने अभियान शुरु गर्ने निर्णय गरेको छ । सोही अभियान अन्तर्गत नेता कार्यकर्तालाई गाउँ पठाउने निर्णय गरिएको एक पोलिटब्युरो सदस्यले रातोपाटीलाई जानकाी दिए ।
कुन प्रदेशमा कत्ति केन्द्रिय सदस्य ?
माओवादी केन्द्रमा जम्बो केन्द्रिय समिती बनेसँगै पोलिटब्युरो, कार्यालय टिम र पार्टी सचिवालयमा रहने नेताहरुको संख्या पनि ह्वात्तै बढेको छ । माओवादीमा अब पोलिटब्युरो सदस्यको संख्या ३९९ पुगेको छ भने ३३ सदस्यि कार्यालय टिम गठन गरिएको छ ।
त्यस्तै सचिवालयमा रहने नेताहरुको संख्या ९९ पुगेको छ । एक नम्बर प्रदेशमा ४३ जना पोलीटब्युरो सदस्य तथा केन्द्रिय सदस्यको संख्या ४५७ पुगेको छ । दुई नम्बर प्रदेशबाट ५७ जना पोलिटब्युरो सदस्य तथा ५५० केन्द्रिय सदस्य बनेका छन् । तिन नम्बर प्रदेशबाट ९४ जना पोलिटब्युरो सदस्य तथा १ हजार जना केन्द्रिय सदस्य बनेका छन् ।
चार नम्बर प्रदेशबाट ४० जना पोलिटब्युरो सदस्य बन्दा केन्द्रिय सदस्यको संख्या ४५० पुगेको छ । त्यस्तै पाँच नम्बर प्रदेशमा ६९ जना पोलिटब्युरो सदस्य ५५ जना केन्द्रिय सदस्य, ६ नम्बर प्रदेशमा ४० जना पोलिटब्युरो सदस्य ५७५ जना केन्द्रिय सदस्य र सात नम्बर प्रदेशमा २६ जना पोलिटब्युरो सदस्य तथा ३५० जना केन्द्रिय सदस्य बनेका छन् ।
अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत नेताहरुमध्ये ५ जना पोलिटब्युरो सदस्य भएका छन भने केन्द्रिय सदस्यको संख्या ४९ पुगेको छ । त्यस्तै केन्द्रिय कार्यालय टिममा १८ जना पोलिटब्युरो तथा १०० जना केन्द्रिय सदस्य भएका छन् ।
माओवादीले बनायो चुनावी नारा, फिल्ड कमाण्डर पनि तोक्यो
Previous Articleगाउँपालिकामा ७० कर्मचारीसहित उपसचिव खटाउने तयारी
Next Article रुपन्देही, कपिलबस्तु र अर्घाखाँची बन्द फिर्ता