काठमाडौं,१६ मंसिर-संविधान संशोधन प्रस्तावको विरोधमा उत्रिएका प्रदर्शनकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ल जलाएका छन् । बिहीबार प्रमुख प्रतिपक्षी दल एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संगठन युवा संघ नेपालले प्रधानमन्त्रीको पुत्ल जलाएका हुन् ।सरकारले मंगलबार व्यवस्थापिका संसदमा दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा राजधानीको पुतलीसडकमा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुतला जलाएका हुन् । संविधान संशोधनका नाममा सरकारले राष्ट्रघात गर्न लागेको भन्दै एमाले युवाले संशोधन दर्ता भएको विधेयक फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने चेतावनी दिएका छन् ।
त्रि–चन्द्र कलेजबाट सुरु भएको विरोध र्याली, बागबजार हुँदै पुतलिसडकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष राजीव पहारीले सरकारले संविधान संशोधनका नाममा देश समाप्त पार्न लागेको आरोप लगाए । ‘सरकारले संविधान संशोधन प्रस्तावको नाममा मुलुकलाई समाप्त पार्न खोजेको छ’, पहारीले भने, ‘यत्तिबेला हामी मुलुक जोगाउन समेत सडकमा आउनुपर्ने बाध्यतामा छौँ ।’
कोणसभालाई अनेरास्ववियुका महासचिव ऐन महरलगायतले सम्बोधन गरेका थिए । प्रदेश नम्बर ५ विभाजन गर्ने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन भइराखेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका युवा संगठन भने सकारकाविरुद्धको आन्दोलनमा सक्रिय छन् ।
राजधानीमै जल्यो प्रधानमन्त्री प्रचण्डको पुत्ला
Previous Articleसंशोधनको विरोध गर्दै एमालेद्वारा संसद अवरुद्ध
Next Article बुढीगण्डकी आयोजनाको कार्यालय तोडफोड