पर्बतको जलजला गाउँपालिकाले जेष्ठ नागरिकको समस्यालाई मध्यनजर गदै वडाबाटै निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरेको छ । लेखफांट स्वास्थ्य चौकीमा सोमबार देखि “जेष्ठ नागरिक सेवा तथा नसर्ने रोगको परिक्षण शिविर सन्चालन” सुरु भएको थियो ।
जलजला गाउँपालिकाले मासिक रुपमा स्वास्थ शिबिर संचालन गर्दै आएको छ । अघिल्लो चैत महिनामा संचालन भएको स्वास्थ शिबिरमा करिब १५०० जना जेष्ठ नागरिकको स्वास्थ परिक्षण गरिएको गाउँपालिकाको स्वास्थ शाखाका सिनियर अहेब डिल्ली राज आचर्यले बताउनु भयो । शिबिर गाउँपालिकाको सबै वडामा आगामी जेष्ठ ४ गते सम्म संचालन हुने आचार्यले बताउनुभयो । शिबिरमा ६० बर्ष माथीका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिने उहाँले बताउनुभयो ।
अभियान चलाएपछि यहाँका थुपै नागरिकहरु खुशी भएका छन् । यो अभियान सँगै सिँहदरवारको अधिकार गाउँगाउँमा भन्ने नाराले सार्थक रुप लिएको धेरैको बुझाई छ ।