पार्टी स्थापना अनि छोटो समयमै राष्ट्रिय पार्टी बनेसँगै गृहमन्त्री पाएका रवि लामिछानेले अब आफ्नो पार्टीले गृहमन्त्री नपाउने भएपछि सरकारबाट बाहिरिने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी नामको राजनैतिक पार्टी दर्ता गरेका रवि लामिछानेले प्रत्यक्ष तथा समानुपातिकतर्फको मतको आधारमा चौथो शक्तिका रुपमा उदाएका थिए । उनको पार्टीले पाएको मत र त्यसको आधारमा भएको अवस्थाले उनी हौसिएका पक्कै थिए । हौसिएर अगाडि बढे वा के भयो त्यो समयसँगै विष्लेषण हुनेछ । तर पनि राजनैतिक दल दर्ता भएको एकवर्ष पनि नपुग्दै चौथो पार्टी बन्दै उपप्रधान तथा गृहमन्त्री पाएको रास्वापाले अब पुनः गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरिने निर्णयले नयाँ पार्टी हुँदै गर्दा पनि पदका लागि उनको ¥याल कडाइलाई सबैले बुझ्नेछन् ।
रास्वापाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ । योसँगै अब रवि लामिछानेको पार्टीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिनेछैन । तर पनि सरकारबाट बाहिरिने र समर्थन जारीरहने भन्ने निर्णय भने केही हदसम्म भए पनि अपरिपक्क निर्णयचाहीँ पक्कै हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि फिर्ता हुनेछन् । केही महिना पहिला पार्टी दर्ता गरेर निर्वाचनका लागि पुनः पार्टी दर्ता गर्नुपर्ने दिनमा संघीय निर्वाचनका लागि मात्रै दर्ता गरेकोले प्रदेशमा भाग लिन नपाएको रास्वापाको सरकार यात्रा आइतबारको निर्णयसँगै अल्पायुमै तुहिएको छ ।
यस पटकको निर्वाचनलाई हेर्ने हो भने कुनै पनि राजनैतिक पार्टीले चुनावमा सफलता पाएका पक्कै पनि थिएनन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले सामान्य बहुमतसम्म ल्याउन सकेन भने एमालेले प्रत्यक्षमा १ सिट कटाउने भन्ने नेकपा एमाले पनि समानुपातिक समेत जोड्दा पनि ९० सम्म पनि पु¥याउन सकेन । नेपाली कांग्रेसले बहुमतको हुर्मत लिएको भए पनि उसले नेतृत्व गरेको गठबन्धनले १ सय ३८ सिटको सामान्य बहुमतसम्म ल्याउन नसकेको बेलामा एमाले अध्यक्ष केपी ओलीको चलखेलले गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहलको नेतृत्वमा सरकार गठन भयो । नेपालमा भएको बहुदलीय व्यवस्थाले गर्दा पहिलो तथा दोस्रो पार्टीहरु मुकदर्शक बनेर तेस्रो तथा चौथो पार्टीहरुले हालीमुहाली गर्ने अवस्था सिर्जना भएको पक्कै हो । तर पनि मुलुक कुन मार्गमा डो¥याउने भनेर अगाडि बढ्ने वा पछाडि सर्ने भन्दा पनि वैकल्पिक होस् वा अनिवार्य जुन शक्ति बने पनि तोकिएको पद पाए भित्र नत्र बाहिर भन्ने भित्र बाहिरको खेल अब भने सदाका लागि बन्द हुनुपर्ने देखिन्छ ।
Previous Articleगण्डक प्रभावितले पाएनन् क्षतिपूर्ति
Next Article रुप्से दैनिक ! २३ माघ २०७९