राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को चुनावी कार्यक्रम अन्तरगत घरदैलो तथा भेटघाट जारी रहेको छ । राप्रपाका प्रतिनिधिसभा उम्मेदवार जगतप्रसाद गौचन, प्रदेश सभा क उम्मेदवार प्रविन शाही र प्रदेश सभा ख उम्मेदवार मिठु थापाको टोली आ-आफ्नो निर्वाचन क्षेत्रमा अभियानमा जुटेको राप्रपाले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य सहितको टोलीले धौलागिरी गाउँपालिका क्षेत्रमा मतदाता भेटघाट गरेका छन् । गौचन सहित थापाले मतदाता भेट्नुका साथै अवस्थाका बारेमा जानकारी लिएका छन् ।
त्यस्तै प्रदेशसभा सदस्य उम्मेदवार प्रविन शाही सहितको टोलीले रघुगगा गाउँपालिका क्षेत्रमा मतदाता भेटघाट गर्नुका साथै स्थानीय मठमन्दिरको दर्शन तथा पुजा अर्चना गरेका छन् । शाहीले मन्दिरमा दर्शन गर्नुका साथै मतदाताकाे समस्या जानकारी लिनुका साथै अपेक्षाका बारेमा जानकारी लिएका छन् ।