नेकपा एमालेका उपमहासचिव तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वीसुृब्बा गुरुङले गठबन्धन दलहरुका लागि एमाले एक्लै भारी भएको बताउनुभएको छ । नेकपा एमाले बेनी नगरकमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा गुरुङले उक्त कुरा बताउनुभएको हो ।
एक्लो एमाले सँग नेपालका कुनै पनि दल भिडन् नसक्ने भएरै गठबन्धन गरेर आउने गरेको गुरुङको भनाई थियो । विगतमा पनि एमाले भारी थियो र अहिले पनि त्यस्तै छ । म्याग्दी जिल्लामाा हेर्दा पनि अघिल्लो चुनावमा एक्ला एक्लै लड्दा भन्दा गठबन्धन सँग चुनाव लड्दा प्रमुख तथा उपप्रमुख पदमा धेरै स्थान जितिएको तथ्यले पनि एमालेको अवस्था छर्लङ्ग हुने उपमहासचिव गुरुङको भनाई थियो ।
नेकपा एमाले श्रमजिवि वर्गको पार्टी भएकोले बिपन्नताको घेराभित्र रहेका आम नागरिकको उद्दार गर्नु नै समृद्धिको सूचक भएकोले त्यस तर्फ एमालेको ध्यान केन्द्रीत रहेको उहाँको भनाई थियो ।
गुरुङले आफुमा आत्मविश्वार भयो भने कुने पनि जित सम्भव हुने भएकोले एमाले पार्टी मजबुत र शक्तिशाली छ भन्ने आत्मविश्वासका साथ सबै लाग्नु पर्ने बताउनुभएको थियो । मत्त हात्तीलाइ सामान्य मान्छेले तह लगाउन सक्ने भएकोले जति ठूलो समूह एमाले बिरुद्ध लागे पनि तिनिहरुलाई सामना गरेर पराजित गर्न एमाले सक्षम रहेको गुरुङको भनाई थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटिका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी संगठन निर्माण र परिचालन, नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले स्थानीय तह निर्वाचनको समिक्षा तथा आगामी निर्वाचनको तयारी, एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले पार्टी र स्थानीय सरकार(जनप्रतिनिधिहरु) बिचको सम्बन्ध विषयमा प्रशिक्षण दिनुभएको थियो ।
नेकपा एमाले बेनी नगरकमिटीका अध्यक्ष नारायण जि.सी.को अध्यक्षता एवम् सचिव सुवाश विश्वकर्माको सञ्चालनमा भएको कार्यक्रममा नगर उपाध्यक्ष लिलाराम गौतमले स्वागत गर्नुभएको थियो । कार्यक्रम सफलताको शुभकामना नेकपा एमालेका प्रदेश सदस्य खुमबहादृुर बानियाँ, जिल्ला सचिव सुरत के.सी, उपसचिव थमसरा पुनले व्यक्त गर्नुभएको थियो ।