नेपालमा पछिल्लो समय हेर्दा खेलकुदमा भएको राजनीतिले गर्दा खेलकुद क्षेत्र नै धरापमा पर्न पुगेको हो कि भन्न सक्ने अवस्था देखिन्छ । आन्तरीक तथा बाह्य रुपमा देखिने राजनीति र त्यही राजनैतिक रुपमा हुने हस्तक्षेपले खेकुदलाई निकै तल पु¥याउने पक्का छ । नेपाली खेलकुद क्षेत्रमा पछिल्लो पटक देखिएको राजनैतिक प्रभावले केही आसंका पक्कै पनि सबैलाई चनाखो बनाएको छ । तर पनि हामीले त्यसलाई स्वीकार गर्ने कि नगर्ने भन्ने पनि हो । अहिले नेपाली खेलकुद समग्रमा नै धरापमा पुगेको अवस्थामा अहिले मुख्य रुपमा क्रिकेट र फुटबलमा त्यसको प्रभाव ब्यापक देखिएको छ । क्रिकेट संघले खेलाडी माथी राजनीति गर्न खोज्दा खेल नै अधोगतीमा पुगेको देखिन्छ नै । ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई क्रिकेट कप्तान बनाए पछिका १० खेल हेर्दा नै पनि त्यसले पनि नतिजा के भन्ने देखिएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) भित्र पनि निकै ठूलो विवाद छ भन्ने कुरा खेलाडीहरुले ट्रेनिङ छाडेर हिडेको अवस्थाले देखाउँछ । एन्फाले नियुक्ती गरेको कोच सँग बिबादको नाउमा गरिएको अभद्र एवम् असभ्य प्रस्तुतीलाइ नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुतारीले स्वीकार गरेनन् । उनले प्रशिक्षकको आदेश नमान्ने खेलाडीहरुलाई टिम भन्दा बाहिरै राखेर टिम तयार गरे अनि प्रतियोगितामा सहभागी गराए । उनले नेपालका नियमित क्याप्टेन किरण चेम्जोङलाई नै टिमबाट बाहिर राखिदिए । आफूले बनाएको नियम नमान्ने खेलाडीलाई टिम बाहिर राख्दै नयाँ टिम संरचना बनाउनका लागि प्रयास गरेका प्रशिक्षक एक हिसाबले सफल भए भन्दा पनि फरक पर्दैन । केही प्रयोग निकै सफल देखियो भने केही स्थानमा चुकेको पक्कै हो । तर पनि समग्रमा भन्नु पर्दा फुटबलमा गरिएको नयाँ प्रयोग पक्कै पनि सन्तोषजनक अनि परिवर्तनकामी देखिन्छ ।
राष्ट्रिय खेलकुद असोजमा गर्ने भनिएको छ तर हुन्छ हुदैन केही टुंगो छैन । तर पनि खेलाडीहरु अपेक्षा अनि आशाका साथ तयारी गरीरहेका छन् । केही समय पहिला मात्रै राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता केन्द्रको निर्देशन अनुरुप प्रदेश स्तर सम्मको भयो । अहिले नेपाली टोली स्कटल्याण्ड, नामिबिया सम्मीलीत त्रिकोणीय सिरिज खेल्दै छ । अहिले नेपालको प्रदर्शन पनि अस्थीर प्रया छ । सामान्य स्कोर पनि पुरा गर्न नसकेर पहिलो खेलमा पराजय भोग्यो । विश्वकप क्रिकेट प्रतियोगिताको छनौट प्रतियोगितामा सहभागिताका लागि खेलीएको लिगमा नेपालको प्रदर्शन विर्सनलाय छ भन्दा फरक नपर्ला । त्यसैले खेल अनि खेलाडीको पनि भविष्यलाई हेर्ने हो भने खेल क्षेत्रलाई खेलकुदकै ज्ञाताहरुको नेतृत्वमा अगाडी बढाउनु पर्छ । राजनैतिक नेतृत्वले कुनै पनि खेलकुदको जिम्मा लिने हो भने त्यसलाई राम्रो र सफल गराउलान् भन्नेमा संका पक्कै पनि उठ्छ नै । त्यसैले खेल क्षेत्रको भविष्यका लागि उचित र सबल अनि सक्षम नेतृत्वको आवश्यकता देखिन्छ ।