नेपाल सरकारले गरेको काम के भनेर संघिय संसदमा कुरा उठीरहेकै छ । अहिलेको अवस्था हेर्दा संघिय संसदमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते ल्याएको बजेटका बारेमा उठेका कुराहरुले प्रष्ट्याएको छ । अहिले के भयो होला भनेर भन्ने कि नभन्ने तर्फ तर्क बितर्क गर्न आवश्यक छैन । अहिलेको मुल मुद्दा भनेकै मन्त्रीपरीषद्मा भएकाहरुले गरेको चटक नै मुख्य हो । कुन चटकले कती असर गर्ला भन्ने तर्फ भन्दा पनि तत्कालिन अवस्थामा हुन सक्ने सम्भावित परिणाम त्यो पनि आफ्नो पक्षमा हुन सक्ने चीजका बारेमा मात्रै सोचेर अरु केही नसोची अगाडी बढ्ने प्रबृत्तीले गर्दा देशलाई कुन विन्दु सम्म पु¥याउन सक्छ भन्ने कुरा त श्रीलङ्कामा अहिले देखिएकै छ ।
अर्थमन्त्रीले बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर फेरेको आरोप लागेको थियो । उक्त आरोपलाई सत्य सावित गर्ने खालको काम अर्थ मन्त्रालयबाट भएको पक्का हो । अर्थमन्त्रालयमा जेठ १४ गतेको सिसिटिभि फुटेज माग्दा त्यस दिनको फुटेज नभएको भन्ने सूचना बाहिर आए पछि आरोप नभएर सत्य हो भन्न मिल्ने अवस्था आएको हो । अहिले के भयो भन्ने भन्दा पनि अबका दिनमा के कस्तो प्रभाव पार्न सक्ला भन्ने तर्फ पनि ध्यान दिन जरुरी छ । निश्चित कसैलाई अर्थमन्त्रालयमा त्यो पनि बजेट तयार गर्ने समयमा लगेर जुन सैलिमा बजेट डिजाइन गरियो त्यसले पक्कै पनि राज्य बिरुद्धको अपराध गरेकै हो । अहिले कुन काम भन्दा पनि जसरी एक वर्ष भरी हुने व्यापारीक आयात, निर्यात लगायतका बस्तुमा लगाइने करको दर ब्यापारीले आफ्नो पक्षमा हुने गरी माग गर्ने र त्यही अनुरुप डिजाइन गरेर बजेटमा पारेर ल्याउने काम गर्नु अपराध हो र त्यो क्षमा दिन सकिदैन पनि ।
जनताको रगत पसिनाबाट आर्जेको रकम जनताले कर तिरेका हुन्छन् । त्यही करको रकमलाई गलत उद्देश्य सहित प्रयोग गर्नका लागि तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले एउटा हर्कत गरेका थिए । त्यस्तै अझै लाजलाग्दो हर्कत गण्डकी प्रदेश सरकारले पनि गरेको छ । आफ्ना बा, आमा, आफन्तहरुको नाउमा ट्रष्ट बनाउन अनि स्मृतीपार्क निर्माणका लागि राज्यकोषको करोडौं रकम छुट्याउनु पक्कै पनि जायज हुँदै होइन । मुख्यमन्त्रीका बाबा, सामाजिक विकास मन्त्रीका आफन्तहरुको नाउमा पार्क तथा स्मृतीकोषका लागि करोडौं रकम छुट्याएर कुन खालको प्रगति गर्न खोजेको हो सरकारले त्यो जनताले बुझ्न चाहन्छन् । तर जनताको पसिनाको दोहन गरेर आफन्तको नाउमा गरिने काम कदापी जनताले सहन भे सक्दैनन् ।