काठमाडौं, ७ मंसिर -युवा सङ्घ नेपाल र अनेरास्ववियुले नेपाली जनताको इच्छा र भावना विपरीत संविधान संशोधन नगर्न आग्रह गरेका छन्। दुई सङ्गठनले मंगलवार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विदेशीको इशारामा संविधान संशोधनभन्दा कार्यान्वयनमा जोड दिन आग्रह गरे।
सङ्घका अध्यक्ष राजीव पहारीले संविधान कार्यान्वयन प्रमुख प्राथमिकता भएकाले संशोधनतर्फ नअल्झन आग्रह गर्दै नेपालीको हितमा नभई विदेशीलाई रिझाउन संशोधनको प्रयास गर्न थालिएको आरोप लगाए।
‘हिन्दीलाई राष्ट्रिय भाषा र अङ्गीकृत नागरिकलाई उच्च पदमा पुर्याउन लागि संशोधनको प्रयास गरिँदैछ’, उनले भने, ‘संशोधन राष्ट्र हित विपरीत हुँदैछ। त्यो हामीलाई मान्य हुँदैन।’
अनेरास्ववियुका अध्यक्ष नवीना लामाले संशोधन केका लागि गर्न थालिएको भन्ने कुरा स्पष्ट नभएको बताइन्। कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संशोधन षडयन्त्रपूर्वक गर्न थालिएको आरोप लगाए।
संविधान संशोधन नगर्न अनेरास्ववियु र युवा संघको आग्रह
Previous Articleबौद्ध महाचैत्यको पुनःनिर्माण प्रेरणादायी – प्रधानमन्त्री
Next Article बागलुङकी प्रनीता भइन् एमबिबिएसमा केयु टपर