यस पटकको निर्वाचनमा भागबण्डाको खेल भएको पक्कापक्की नै हो । गठबन्धन भनेकै सोझो हिसाबले भन्ने हो भने भागबण्डा नै हो । त्यसैले यसपालीको भागबण्डाले नेकपा एमाले भन्दा अन्य दलहरुले राम्रै फाइदा लिएको मान्न सकिन्छ । नेपाली कांग्रेस अघिल्लो पटक दोस्रो दल थियो भने यसपटक एमालेलाई दोस्रोमा पु¥याएर आफू पहिलो स्थानमा उक्लियो । एमाले र कांग्रेस पहिलो दोस्रोमा तलमाथि हुँदै गर्दा यथास्थानमा रहेको भनेको नेकपा माओवादी केन्द्र हो । माओवादी केन्द्र अघिल्लो निर्वाचनमा पनि तेस्रो पार्टी हो भने अहिले पनि ऊ तेस्रो नै भएको छ । माओवादीले जो जससँग सम्झौता र सहकार्य गरे पनि उसले पाउने स्थान भनेको तेस्रो नै हो । विगतका इतिहासलाई हेर्ने हो भने पनि माओवादीको काम सापो बन्ने मात्रै देखिएको छ । एमालेसँग प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गरेको गठबन्धनले पनि उसलाई तेस्रो दल नै बनाएको थियो भने त्यसअघि कांग्रेससँगको तालमेलले तेस्रो नै बनाएको हो र अहिलेको तालमेलले पनि माओवादीलाई तेस्रो भन्दा अरु केही बनाएन ।
यस पटकको निर्वाचनले मतदातामा चेतना आएको रहेछ कि भन्नेतर्फ भने डो¥याएको छ । म्याग्दी जिल्ला भित्रको अवस्था हेर्दा पनि त्यस्तै देखियो भने धरान अनि काठमाडौ महानगरमा पनि त्यस्तै देखिएको छ । धरानमा करिब करिब सडक मानव भन्दा फरक नपर्ने व्यक्ति हर्क राईले स्वतन्त्र उम्मेदवारको रुपमा मेयर जिते भने काठमाडौमा पनि बालेन्द्र साह जितउन्मुख छन् । हालसम्म ७ सय ३२ स्थानीय तहको नतिजा आउँदासम्म नेपाली कांग्रेसले ३ सय २१ प्रमुख र २ सय ९५ उपप्रमुख जितेको छ भने एमालेले २ सय प्रमुख र २ सय २० उपप्रमुख जितेर क्रमशः पहिलो र दोस्रो स्थान हासिल गर्दै गर्दा माओवादी केन्द्रले १ सय २० प्रमुख एवं १ सय २६ उपप्रमुख जित्दै तेस्रो बनेको छ । जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, विवेकशील शाझा पार्टी, जनप्रगतिशील पार्टीले राजनैतिक दलगत रुपमा क्रमशः स्थान बनाएका छन् । स्वतन्त्र हैसियतमा उठेका उम्मेदवारहरुले पनि ११ प्रमुख र ५ उपप्रमुख पद जित्दै आफ्नो उपस्थिति मजबुत देखाएका छन् ।
यस पटकको निर्वाचनमा पार्टी भन्दा पनि उम्मेदवार हेरेर मतदान गरेको प्रष्ट झल्किन्छ । म्याग्दीको बेनी नगरपालिकाको मेयरमा सुरत के.सी. विजयी हुँदै गर्दा उपमेयरमा पशुपति शाही पराजित भइन् । गठबन्धनका मेयर चिरञ्जीवी शर्मा पराजित हुँदै गर्दा उपमेयर भने ज्योति लामिछाने भइन् । गाउँपालिकाहरुमा पनि यस्तै देखिएको छ । कतिपय स्थानमा आर्थिक चलखेलको आरोप लगाएको भए पनि एकिन तथ्य र प्रमाण नभेटिँदा भने त्यसको बारेमा निक्र्यौल गर्न कठिन होला तर पनि उम्मेदवार हेरेर मतदान गरे भन्ने प्रसंगमा काठमाडौंको मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोलको मतले पनि देखाएको छ । युवा र काम गर्न सक्छन् भन्ने आशा भएका व्यक्तिलाई पार्टी भन्दा पनि माथि उठेर युवा तथा स्थानीयले मतदान गरेका रहेछन् भन्ने कुरामा कुनै दुईमत छैन । यस पटकको निर्वानचले मतदाताको चेतनामा केही परिवर्तन आएको रहेछ भन्ने कुरा प्रष्ट पार्न खोजेको हो कि भन्ने पनि देखिन्छ ।