हिमाली जिल्ला म्याग्दीमा स्थानीय तह निर्वाचन–२०७९ को मतदान पछि भएको मतगणनामा हाल सम्म ४५ मध्ये ४० वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
जिल्लामा एक नगरपालिका ५ गाउँपालिका र ४५ वडा रहेकोमा ४ गाउँपालिका र नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ भने एक गाउँपालिकाको ५ वडाको मतगणना बाँकी छ । जिल्लाको बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका र धौलागिरी गाउँपालिकाको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ भने अन्नपुर्ण गाउँपालिकाको मत गणना पछिल्लो जेठ १ गतेदेखि रोकिएको छ । ८ वडा रहेको अन्नपुर्ण गाउँपालिकामा ३ वटा वडाको मतपरिणाम सार्वजनिक भए पछि ४ नम्बर वडाको मत गणनाका लागि मतपेटिका खोलेर मतपत्र सर्टटीङ गरेपछि नेपाली कांग्रेसले वडा नम्बर ३ को मत पुन गणना गर्नुपर्ने माग राखेपछि मतगणना कार्य आइतबारदेखि रोकीएको अन्नपुर्ण गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हाल सम्म सदरमुकाम रहेको बेनी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका सुरत केसी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी ज्योती लामिछाने पौडेल बिजयी हुनुभएको छ । वडा अध्यक्षहरुमा १ रत्नेचौरमा नेकपा एमालेका टेकबहादुर थापा, २ ज्यामरुककोटमा नेपाली कांग्रेसका यामबहादुर कार्की, ३ भकिम्लीमा नेकपा माओवादी केन्द्रका पदम पुन, ४ सिङ्गामा माओवादीका भगवान् खड्का, ५ पुलाचौरमा एमालेका गोविन्द बानियाँ, ६ अर्थुङ्गेमा एमालेका कृष्णसिङ बानियाँ, ७ बेनीमा कांग्रेसका रमेशकुमार श्रेष्ठ, ८ बेनीमा एमालेका उत्तमकुमार कर्माचार्य, ९ घतानमा कांग्रेसका चक्रबहादुर केसी र १० पात्लेखेतमा एमालेका मसबिर रोका विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी धौलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रेमप्रसाद पुन, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रेशम पुन मगर विजयी हुनुभएको छ । त्यस्तै वडा नम्बर १ गुर्जामा झकबहादुर छन्त्याल, २ लुलाङमा नेकपा एमालेका अकप्रसाद वि.क., ३ मुनामा नेपाली कांग्रेसका देविन्द्र रोका, ४ मुदीमा एमालेका यामबहादुर घर्ती, ५ मल्कवाङमा नेपाली कांग्रेसका अमरबहादुर छन्त्याल, ६ मराङमा एमालेका राजाराम उपाध्याय र ७ ताकममा माओवादी केन्द्रका अशोक खत्री निर्वाचित हुनुभएको छ ।
त्यस्तै मंगला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सतप्रसाद रोका, उपाध्यक्षमा प्रेमकुमारी खत्री विजयी हुनुभएको छ । वडा अध्यक्षहरुमा १ कुहुँमा एमालेका एकजित रोका, २ बाबियाचौरमा एमालेकै धनबहादुर खाती, ३ बरंजामा माओवादीका यामबहादुर रोका, ४ बरंजामा नेपाली कांग्रेसका लालबहादुर रोका, ५ अर्मनमा नेकपा एमालेका भुपेनद्र खत्री क्षेत्री निर्वाचित हुनुभएको छ ।
त्यस्तै मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा, उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती मगर पुन विजयी हुनुभएको छ । वडा अध्यक्षहरुमा १ निस्कोटमा नेपाली कांग्रेसका टंकप्रसाद पुन, २ रुममा एमालेका उदयकुमार बुढाथोकी, ३ डाँडागाउँमा माओवादीका मोतीप्रसाद बुढा, ४ ओखरबोटमा नेपाली कांग्रेसका भोजेन्द्रमान पुन, ५ देविस्थानमा कांग्रेसका मिम पुन, ६ दरवाङमा एमालेका पथबहादुर रोका, र ७ बिममा एमालेका टकबहादुर पुन बिजयी हुनुभएको छ ।
त्यसैगरी उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भवबहादुर भण्डारी दोश्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै प्रेमकुमारी पुन निर्वाचित हुनुभएको छ । रघुगंगा गाउँपालिकाको वडा अध्यक्षहरुमा १ बेगमा नेपाली कांग्रेसका बिलबहादुर फगामी, २ भगवतीमा नेकपा एमालेका अमृत भण्डारी, ३ पिप्लेमा एमालेका खिमबहादुर शाही, ४ दग्नाममा कांग्रेसका पविन गर्बुजा, ५ झिँमा कांग्रेसका मनबहादुर शेरमन्जा, ६ पाखापानीमा कांग्रेसका मनकुमार शेरपुजा मगर, ७ चिमखोलामा एमालेका थकबहादुर पाइजा, र ८ कुइनेमंगलेमा कांग्रेसका गमान छन्त्यालले विजय हासील गर्नुभएको छ ।
हाल सम्मको घोषित परिणाम अनुसार जिल्लामा रहेका ४५ मध्ये २० वडा अध्यक्षमा नेकपा एमालेले बिजय हासील गरेको छ भने १५ अध्यक्षमा नेपाली कांग्रेस र ५ अध्यक्षमा नेकपा माओवादी केन्द्रले आफ्नो झण्डा फरहराएको छ ।