नेपाल कम्युनिष्ट पार्टी एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज एक विशेष कार्यक्रममा बीच घोषणा पत्र सार्वजनकि गर्नु भएको हो ।
शुक्रबार जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ । घोषणापत्रमा बाँकी कामका योजनासमेत छन् । एमालेले यसपाली ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।
एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको छ । सबै पालिकाले आ–आफ्नो क्षेत्रमा पनि स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछन् ।
यस्तो छ एमालेको घोषणापत्र :