स्थानीयतह निर्वाचनको तयारीमा जुटिरहेको नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सचिवालय बैठक साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने छ ।
सचिवालय बैठक अघि आजै ११ बजे केन्द्रीय कार्यालयको बैठक पनि बस्ने तय भएको रिजालले जानकारी दिनुभयो ।
केन्द्रीय कार्यालयको पार्टी कार्यालयमा बस्नेछ । ‘आजको सचिवालय बैठकमा वैशाख ९ गते जारी गर्ने गरी घोषणपत्र मस्यौदा समितिले स्थानीयतह निर्वाचनका लागि तयार पारेको घोषणापत्रका बारेमा छलफल हुन्छ,’ रिजालले भन्नुभयो, ‘त्यसैगरी बैठकमा देशभरी नै उम्मेदवार छनोटका अवस्था कस्तो छ भन्ने विषयमा पनि छलफल हुने तयारी छ ।’