अहिले देश चुनावमा होमीएको छ । अहिले निर्वाचनको मुखमा आइ रहेको अवस्थामा एउटा निकै मजबुत सन्देश भने पक्कै पनि देखिएको छ । नेपालमा अव मात्रै एक दल मान्ने वा दुई भन्ने कन्फ्युजन भयो भन्दा खासै फरक नपर्ला । कुनै पनि दिनहरुमा हामीले सोच्ने कुराहरुले के कस्तो असर पार्छ भन्ने हुन सक्ला तर अहिलेको अवस्था हेर्दा नेपालमा बहुदलीय अवस्था सकिएको भन्दा खास फरक नपर्ला । सरकारको नेतृत्व गरेका भनिएका पाँच दलिय गठबन्धन अनि प्रमुख प्रतिपक्ष दल एमाले चुनावी मैदानमा उत्रनका लागि अग्रसर देखिएका छन् । तर अहिले देशमा पार्टी संख्या कति भन्ने प्रश्न पनि नउठ्ला भन्न सकिदैन । किन भने स्थानीय तह निर्वाचन प्रयोजनका लागि भनेर निर्वाचन आयोगमा दर्ता भएका राष्ट्रिय मान्यता पाएका छ सहित ७९ दल दर्ता भएका छन् । ७३ वटा साना दलहरुको खासै चर्चा पक्कै पनि हुदैन तर मुख्य ६ दलहरुको अवस्था के भन्ने प्रश्न अहिलेको निर्वाचनले पक्कै पनि उदाङ्गो पार्ने पक्का छ ।
अहिले देशैभर गठबन्धन भन्ने समूह बनेको छ । देशका ठूला भनिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी, लोकतान्त्रीक समाजवादी र नेकपा एकीकृत समाजवादी पार्टीले कार्यगत एकता अर्थात् गठबन्धन गरेर नेकपा एमाले बिरुद्ध भिड्न लागेका छन् । दक्षिण भारतीय चलचित्रहरुमा प्राय सुनिने डाइलग जस्तै भएको छ अहिलेको समय । सिंहले झुण्ड लिएर हिड्दैन भन्ने डाइलग फिल्ममा हेर्न पाइने गरेको भए पनि अहिले नेपाली राजनीतिमा त्यस्तै देखिएको छ । नेकपा एमाले एक्लै चुनावी मोर्चामा होमिदै गर्दा एक्लो एमाले हराउनका लागि भन्दै सबै दलहरुले गरेको मोर्चा र कार्यगत एकता अब त्यत्तीमा मात्रै सिमित नरहन सक्ला । अहिले मोर्चा बनाएर चुनावमा लड्नेहरुले पार्टी एकीकरण गर्न पनि सकिन्छ भन्ने उदाहरण गएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले देखाएकै हुन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कार्यगत एकता गरेर चुनावमा होमिएका एमाले र माओवादीले पार्टी एकता गरेको भए पनि सर्वोच्च अदालतले पार्टी एकता अबैध भन्दै पुनः एमाले माओवादीमै फर्काइ दिएको थियो ।
केन्द्रमा नेपाली कांग्रेसका केन्द्रीय स्तरका नेताहरुले बिरोध गरी रहँदा पनि शेरबहादुर देउवाको एकल हठले गर्दा कांग्रेस पनि गठबन्धन गर्न बाध्य भएको अवस्था पक्कै हो । तर पनि अहिले आएर गठबन्धन गर्नका लागि प्रदेश, जिल्ला तथा स्थानीयतह सम्मै संयन्त्र बनाएर शुरु भएको गठवन्धन गर्ने योजना विस्तारै सबै ठाउँमा पुग्दै छ । अहिलेको अवस्था हेर्दा नेपाली कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी मानिएको भए पनि एमाले सँग कांग्रेस पनि एक्लै भिड्न आँट नगर्ने अवस्थामा पुगेको प्रष्ट भएको छ । चुनाव आउन अझै एक महिना भन्दा बढी समय हुँदै गर्दा पनि सत्तासीनहरुमा आएको त्रासले पक्कै पनि माउ पार्टी एवम् देश हाँक्न सक्ने पार्टी भनेकै एमाले हो भन्दा अत्युक्ति नहुने देखिन्छ । अहिलेको अवस्थामा मुलुकलाई समुन्नत बनाउन र उन्नतीको मार्गमा लैजानका लागि एमालेको नेतृत्व आवश्यक हो भन्ने बुझाइलाई अन्य दलहरुको गठबन्धनले देखाएको छ । समृद्ध नेपाल शुखी नेपाली अभियानलाई सार्थक पार्नका लागि एमालेको नेतृत्व अवश्यक पक्कै हो ।