काठमाडौंमा जारी टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको प्रदर्शनलाई लिएर नेपाली समर्थक खुशी पक्कै छन् । किनभने नेपालले तीन देश सहभागी सिरिजमा भएको लिग चरणको चारवटै खेल जितेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेपालले फाइनलमा पपुवान्युगिनी (पिएनजी)सँग उपाधिका लागि भिड्ने भएको छ । लिग चरणको खेलमा नेपालले पिएनजी र मलेसिया दुवै टोलीलाई दुवै खेलमा पराजित गरेको थियो भने पिएनजी र मलेसिया एकएक खेल जितेका भए पनि नेट रनरेटका आधारमा पिएनजीले नेपालसँग फाइनलमा स्थान बनाएको हो । लिग चरणका सबै खेल आफ्नो पक्षमा पारेको नेपालले शनिबारको खेल निकै यादगर बनायो । कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित ग¥यो । यससँगै नेपाल लिग चरणमा सबै चार खेलमै विजयी भयो । खेलका प्लेयर अफ द म्याच भएका दिपेन्द्रसिंह ऐरीले आफ्नो खेल कौशल राम्रै प्रदर्शन गरे । उनैको प्रदर्शनले गर्दा नेपालले ८५ रनको ठूलो मार्जिनको जित निकाल्यो ।
शनिबारको खेलमा नेपाली टोलीका दिपेन्द्रसिंह ऐरी र रोहित पौडेलको उत्कृष्ट पारीले खेल नेपालको पक्षमा पारेको पक्का हो । ऐरीको अविजित शतक अनि पौडेलको अर्धशतकले नेपालको स्कोरलाई निकै माथि पु¥याएको थियो । नेपाले हालसम्म खेलको ५१ ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिमा शनिबार बनेको स्कोर तेस्रो ठूलो स्कोर थियो । नेपालले यसअघि नेदरल्याण्ड र भूटान विरुद्धको खेलमा शनिबारको भन्दा ठूलो स्कोर खडा गरेको थियो । नेपालले नेदरल्यान्ड्सविरुद्ध २३८ र भुटानविरूद्ध २३६ रन जोडेको थियो । शनिबारको खेलले पनि क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)लाई सवक सिकाएकै छ । रोहित पौडेल जस्ता खेलाडीलाई केन्द्रीय सम्झौतामा राख्नुपर्छ भनेर बोलेकै आधारमा कार्वाही भोगेका ज्ञानेन्द्र मल्लको भनाइलाई पछिल्ला खेलहरुले सावित गरेको छ । मल्लको माग जायज थियो भन्ने सवक खेलबाटै दिएका छन् पौडेलले । रोहित मात्रै नभएर कार्वाहीमा परेका पूर्व उपकप्तान दिपेन्द्रले पनि आफ्नो बल र व्याटबाट जवाफ दिएकै छन् । शनिबारकै खेलमा पनि दिपेन्द्रले ११० रन नटआउट बनाए भने २ विकेट समेत लिए । मध्यक्रमका व्याट्सम्यान दिपेन्द्र नेपाली टीमको कप्तानका रुपमा हेरिएका व्यक्ति हुँदै गर्दा पनि क्यानको स्वार्थमा नचलेकै कारण कारवाही गरेको थियो क्यानले ।
नेपालले अहिलेसम्म खेलेका ५१ वटा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा मात्रै चारवटा शतक बनेका छन् । नेपालका पूर्व कप्तान पारश खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भूर्तेलले ट्वान्टी ट्वान्टीमा शतक बनाएका छन् । चारवटा शतक बन्दै गर्दा शनिबार दिपेन्द्रको शतक नटआउट ११० भनेको हालसम्मकै नेपाली खेलाडीको उच्च स्कोर हो । अघिल्लो खेलमा ह्याट्रिकसहित ५ विकेट लिएर विश्व क्रिकेटमा नेपाली खेलाडीहरु पनि सक्षम हुन् भन्ने सन्देश दिएका करण केसी शनिबार भने खासै चल्न सकेनन् । करण विकेटविहिन हुँदै गर्दा पनि समग्रमा व्याट, बल र फिल्डमा नेपाली खेलाडीको सुधारिएको प्रदर्शनले नै फाइनल यात्रालाई मजबुत मात्रै बनाएन लिग चरणको सबै ४ खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनल पुगेको छ । भनिन्छ नि ऐन मौकामा चुक्छन् भनेर हो त्यस्तै देखिन्छ नेपाली क्रिकेटरहरु । विश्वकप छनौटमा धुलो भएका खेलाडीहरु अहिले सगरमाथा बन्न खोजेका छन् । यहि प्रदर्शनलाई निरन्तरता दिएर आगामी विश्वकपमा नेपालको झण्डा फहरिने गरी खेल प्रदर्शन हुन सकोस् हार्दिक शुभकामना !
Previous Articleम्याग्दीमा ६५औं राष्ट्रिय सहकारी दिवस मनाइयो
Next Article बामपन्थीको नेतृत्व एमालेले गर्छः थापा