नेपाल कम्युनिष्ट पार्टी एमाले मुस्ताङको अध्यक्षमा आशबहादुर थकाली निर्वाचित हुनुभएको छ । चैत १६ गते जोमसोममा सम्पन्न सातौं जिल्ला अधिवेशनले सर्वसम्त रुपमा जिल्ला कमिटी चयन गरेको हो ।
एमाले मुस्ताङको उपाध्यक्षमा रमेश गुरुङ, सचिवमा विनोद वि.सी., उप–सचिवमा छेवाङ रिन्जिन गुरुङ र छिरिङ ल्हामो गुरुङ चयन भएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तीलक बिकले जानकारी दिनुभयो । मुस्ताङका पत्रकार एवम् प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बिकका अनुसार एमालेको जिल्ला अधिवेशनको उद्घाटन एवम् बन्दशत्र एकै दिन सकिएको र सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन भएको छ ।
कार्यक्रममा नेकपा एमाले प्रदेश सह–इन्चार्ज श्रीमायाँ थकालीले आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्ति बनाउनका लागि नयाँ नेतृत्वले भूमिका खेल्ने बताउनुभएको थियो । थकालीले समृद्ध नेपाल शुखी नेपाली अभियानलाई सार्थक तुल्याउनका लागि पनि एमाले नेतृत्वको आवश्यकता रहेको दावी गर्नु भएको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज चन्द्रमोहन गौचनले एमाले नेतृत्वको सरकाले गरेका राम्रा कामहरुबाट डराएकाहरुले अबैध गठबन्धन बनाएर सरकार गिराएको बताउनुभयो । उहाँले सरकारको राम्रो कामको प्रभाव जनता सम्म पर्ने देखेर जनताको पक्षमा काम भएको सहन नसक्ने समूहले केपी ओली नेतृत्वको सरकार गिराउन लागि परेको आरोप लगाउनु भयो । उहाँले ओलीले गरेका काम र बिकासको मोडलले मात्रै समृद्ध नेपाल शुखी नेपाली नारालाई सार्थक बनाउन सक्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज चन्द्रमोहन गौचन, सह–इन्चार्ज टसीस्याङ्बो गुरुङ, नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य कृष्ण गौचन, सचिवालय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, नेकपा एमाले प्रदेश कमिटी सदस्य राजु विष्ट, सम्पूर्ण जनवर्गिय संगठनको तर्फबाट मुक्ति समाज अध्यष बिशाल बि.क.ले मन्तव्य राख्नुभएको थियो । कार्यवाहक अध्यक्ष आशबशादुर थकालीको अध्यक्षतामा भएको कार्यक्रममा हेमन्त शेरचनको स्वागत एवम् सर्मीला गुरुङले सञ्चालन गर्नुभएको थियो ।
नव निर्वाचित जिल्ला कमिटीको पहिलो बैठकले सचिवालय गठन गर्नुका साथै विविध निर्णयहरु गरेको नव निर्वाचित अध्यक्ष आशबहादुर थकालीले बताउनुभयो । थकालीले भन्नुभयो पार्टीलाई पहिलो शक्तिका रुपमा अगाडी बढाउनका लागि नयाँ नेतृत्व तदारुकताका साथ लाग्नेछ ।
घरपझोङ गाउँपालिकाबाट सदस्यहरुमा आइतप्रसाद थकाली, मंगली बि.क., सुक्रम थकाली, रन्जित थकाली। जमुना घताने, दिपक लालचन, फीरोज लालचन, सोमप्रसाद बागदास, सुनदेवी रसाईली, महेन्द्र थकाली, रामप्रसाद बि.क, आइतलाल थकाली, भिषण थकाली, शेरबहादुर गुरुङ, मिमकुमारी शेरचन, भुपेन्द्र शेरचन, कुलबहादुर थकाली, अनिल थकाली, प्रतिमा गुरुङ, सनप्रसाद थकाली सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
जिल्ला कमिटी सदस्यहरुमा थासाङ गाउँपालिकाबाट बिजय थकाली, हरिप्रसाद थकाली, राजन शेर्पा, सवि शेरचन, गौतम शेरचन, सोजन हिराचन, जमुना नेपाली, भीमबहादुर थकाली, नरसिंह शेरचन, देउमायाँ गर्बुजा, हिम्मत नेपाली, महेन्द्र गौचन, बिशाल शेरचन, दिपा श्रेष्ठ, फुलमायाँ बि.क., आशिष छन्त्याल, रमेश बि.क., जीवन गोतामे, सोमप्रसाद परियार रहेका छन् ।
लोमन्थाङ गाउँपालिकाबाट निमा ठुण्डु गुरुङ, ठुण्डु छिरिङ गुरुङ, ल्हाक्पा टसि गुरुङ, ढावा मुटिक गुरुङ, फुन्जोक गुरुङ, ठोमा बिष्ट, कर्म नाम्ग्याल गुरुङ, ल्हेचुङ गुरुङ, कर्म सम्टुक गुरुङ, टसि न्हर्वु गुरुङ, ह्यूर्मि तेन्जीङ गुरुङ, कर्म ठाको गुरुङ, आङ्ग्या गुरुङ, ल्हाक्पा ओङ्दी गुरुङ, ठिरी छोन्जोम गुरुङ, सोनम ठुके गुरुङ रहेका छन् ।
लोघेकर दामोदर कुण्ड गाउँपालिकाबाट सदस्यहरुमा मकरबहादुर बिष्ट, ठोकर गुरुङ, न्हर्वु आङ्चुक गुरुङ, टसि ठुण्डु गुरुङ, थुप्टेन छिरिङ गुरुङ, छिरिङ दोर्जे गुरुङ, कर्चुङ्ग गुरुङ, टसियापा गुरुङ, तोप्रि गुरुङ, पासाङ गुरुङ, छिरिङ गुरुङ, आङ्धोर्जे गुरुङ, कर्साङ ठकुरी, झ्याम्वा गुरुङ, छिरिङ ढुण्डु गुरुङ, पेमा ह्याउ गुरुङ सदस्यमा चयन भएका छन् ।
त्यस्तै बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिकाबाट रिन्जिन नाम्गेल गुरुङ, पमेश गुरुङ, गमबहादु गुरुङ, सम्टुक गुरुङ, पाल्साङ छिरिङ गुरुङ, छाङ रिन्जिङ गुरुङ, टसि नाम्ग्याल गुरुङ, आङ्जेन गुरुङ, तोचिन छेम्बेल गुरुङ, छिरिङ आङ्ग्याल गुरुङ, रप्के गुरुङ, ल्हेचिक गुरुङ, केसाङ गुरुङ, मनकुमारी बि.क., लक्ष्मी गुरुङ, मेन्ढोक गुरुङ, शान्ति मन्देक गुरुङ, ल्हम्ङ्े गुरुङ सदस्यमा चयन भएका छन् ।