विश्वका धेरै देशमा समाजसेवाका धेरै नाम र उदाहरणहरु छन् । नेपालमा पनि सामाजिक सेवा भन्ने गरिए पनि त्यसको बदनाम भएको जस्तो पनि देखिन्छ कहि कतै । कतिपय स्थानमा राम्रो भएको देखिए पनि कतिपय स्थानमा सामाजिक सेवा र समाजसेवाको नाममा भएको बदमासीले गर्दा आम मानिसहरु समस्यामा परेका घटनाहरु पनि छन् । समाजसेवा र समाजसेवीको परिभाषा नै फेर्नुपर्ने अवस्था पनि सिर्जना नहोला भन्न सकिदैन । कतिपय स्थानमा भएका समाजसेवा निकै महत्वपूर्ण र चर्चायोग्य भए पनि कतिपय स्थानमा निहित स्वार्थका लागि गरिएका केही कामलाई समाजसेवाको नाम दिएर प्रचार गर्ने गरिएको छ । आफ्नो स्वार्थका लागि गरिएको कार्यलाई भनिने समाजसेवा र त्यस्तै स्वार्थी प्रवृत्तिलाई दिइने समाजसेवी उपमाले पनि निकै सताउने गरेको पक्कै हो । समाजसेवा नाम र समाज सेवाका लागि हुने कामको पनि अब पहिचान खुल्नुपर्छ ।
यसवर्ष मार्च महिनाको १५ तारिखमा विश्व सामाजिक सेवा दिवस मनाइयो । हरेक वर्ष मार्च महिनाको तेस्रो मंगलबारलाई विश्व सामाजिक कार्य दिवसको रुपमा मनाउने चलन छ । यो दिनले सामाजिक कार्यकर्ताहरूको कडा परिश्रम र लगनशिलतालाई मान्यता दिन्छ । यस दिन सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवद्र्धन गर्दै सामाजिक न्याय, मानव अधिकार र सामाजिक विकासको वकालत गर्दै सामाजिक कार्यकर्ताहरूप्रतिको विश्वव्यापी साथ र समर्थन स्थापना गराउँछ । सामाजिक कार्यकर्ताहरूको अन्तर्राष्ट्रिय महासंघ (क्ष्।ँ।क्।ध्।)ले विश्व सामाजिक कार्य दिवसको प्रवद्र्धन गर्दछ । सन् १९८३ देखि, महासंघ, सामाजिक कार्यकर्ताहरूको एक अन्तर्राष्ट्रिय, गैर–सरकारी संगठन, अन्तर्राष्ट्रिय सहयोगलाई सहयोग गर्न र विश्वव्यापी रूपमा सामाजिक कार्यकर्ताहरूको उपलब्धि र योगदानहरूलाई मान्यता दिन अन्य संस्थाहरूसँग मिलेर काम गरेको छ । सामाजिक कार्यकर्ताहरूले हाम्रो समुदायमा धेरै भूमिकाहरूको सेवा गर्छन् । अझ नेपालको हकमा भन्नुपर्दा त सामाजिक कार्यकर्ताहरु र समाजसेवीहरुको निस्वार्थ सेवाको कारण समाजमा अनेकन रुपान्तरणहरु भएका छन् । चाहे त्यो जीवनजल खानुपर्छ भन्ने सन्देश होस् वा खोप लगाउनुपर्दछ भन्ने सन्देश, मातृशिशु स्वास्थ स्वंसेवीदेखि हात धुने सन्देश र तरिकाहरुसम्म सामाजिक कार्यकर्ताहरुको नेतृत्व र सहभागितामा हामीले थाहा पाएका हौं ।
‘नयाँ ईको सामाजिक विश्वको सह–निर्माण’ भन्ने नाराका साथ यस वर्षको सामाजिक सेवा दिवस परिकल्पना गरिएको थियो । यस वर्षको सामाजिक सेवा दिवसको विषयवस्तुले नयाँ विश्वव्यापी मूल्य, नीति र अभ्यासहरू सिर्जना गर्ने दृष्टिकोण र कार्ययोजना प्रस्तुत गर्दछ, जसले सबै मानिसहरूको लागि विश्वास र सुरक्षाका साथै समग्र पृथ्वीको नै दिगो विकासको पैरवी गर्दछ । सामाजिक सेवा दिवस नारामा मात्रै नभएर काम अनि व्यवहारमा पनि मनाइनुपर्छ । कसैले जीवनजल खान नमानेको समयमा खानुपर्छ भनेर सन्देश दिने एवं त्यसलाई जीवनजल खुवाउने वा भ्याक्सिन लगाउने जस्ता सन्देश दिएर कार्यान्वयनमा लैजाने कार्य पनि सामाजिक सेवाका उदाहरण हुन् । त्यसैले अबको दिनमा सामाजिक सेवाको दायरा र दायित्वका बारेमा पनि केही बोल्नुपर्ने आवश्यकता देनिन्छ ।