तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आज बिहान १० बजेदेखि लागेको आगो निभाउन नसकिएपछि काठमाण्डाैबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याएर आगो निभाउन थालिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । अबको एक घण्टा जतिमा आगो पूर्णरूपमा नियन्त्रणमा आइसक्ने तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार आगो थप फैलिन नदिनका लागि चार वटा घर भत्काइएको छ । प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन । प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले आगो निभाउने प्रयास भइरहेको बताउनुभयो । आगो निभाइसकेपछि मात्र क्षतिको विवरण सङ्कलन गरिने पनि प्रहरीले जनाएको छ । तस्बिर : कृष्ण न्याैपानेकाे फेसबुकबाट
दमाैली बजारकाे आगाे निभाउन हेलिकप्टर प्रयाेग, आगाे फैलिन नदिन ४ वटा घर भत्काइयाे
Previous Articleरुप्से दैनिक ! २१ फागुन २०७८
Next Article रुप्से दैनिक ! २२ फागुन २०७८