हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले गर्दा हाम्रा आफन्त, साथीभाई र छिमेकी गुमाएका छौं । हामी नेपालीहरुलाई क्यान्सर वास्तवमै एउटा दुर्भाग्य सावित भएको छ । खर्च, पीडा र यससँग लडाइँको संघर्षका कारणले गर्दा । जसले धेरै जीवनलाई मृत्युसम्म घिसारिरहेको छ भने धेरै मानिसहरु क्यान्सरसँग जुधिरहेका र लडिरहेका छन् । सबैलाई हौसला अनि मृत्यु भएकालाई श्रद्धाञ्जली दिने दिन यो दिवस पनि हो आज । आजको दिन फराकिलो क्रियाकलापहरुका माध्यमबाट क्यान्सरका विभिन्न स्वरुपहरुको विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनेर विश्वस्तरमै छलफल गर्ने गरिन्छ । विश्वमा हरेक वर्ष लाखौं मानिसहरूको मृत्यु क्यान्सरका कारणले हुने गर्दछ । क्यान्सर रोगबाट हुने मृत्युको जोखिमलाई कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतुले फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइन्छ ।
विश्वमा गरिएको अध्यनहरुको अनुसार क्यान्सरको कारणले गराउने मृत्युको कुल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइएको छ । १० प्रतिशत भने धेरै खाना खाएर वा पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित व्यायामको कमीले हुने रोग र संक्रंमणका कारणले हुने क्यान्सरले हुने रहेछ भन्ने पनि तथ्याङ्कमा देखिएको पाइन्छ । बाँकी क्यान्सरका कारणहरुमा विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन् । विकासोन्मुख देशहरुमा भने हेपाटाईटीस बि, सी अनि “ह्युमन प्यापीलोमा“ भाइरसहरुका कारणले पनि क्यान्सर भएको भेटिन्छ । केही क्यान्सरहरु भने वंशाणुगत हुन्छ, कुल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् ।
मानव स्वास्थ्यका लागि क्यान्सर निकै खराब अनि खतरनाक रोग हो । त्यसैले, सुर्तिजन्य पदार्थको सेवन नगर्नाले, शरिरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफुल अनि तरकारी खाने बानी गरेर तथा घामबाट बचेर क्यान्सरको जोखिम न्युनीकरण गर्न सकिन्छ । मानिसले सेवन गर्ने चुरोट तथा सुर्तिका कारणले गर्दा पनि क्यान्सरको सम्भावना निकै हुन्छ । चुरोट सेवनबाट मानिसले आफूलाई जति नोक्सान गरिरहेको हुन्छ त्योभन्दा बढी अरुलाई असर पारीरहेको हुन्छ । त्यसैले क्यान्सर लाग्न सक्ने जोखिमबाट बच्न आवश्यक देखिन्छ । आजको दिनमा हामीले दीर्घ अनि स्वास्थ्यवद्र्धक जीवन जिउनका लागि राम्रो होस् । जबसम्म मानव स्वास्थ्य हुँदैन, तब विश्वमा प्रगति हुन सक्दैन । त्यसकारण, मानव स्वास्थ्य अनि सबैको राम्रो हुन क्यान्सर लाग्नबाट विभिन्न उपायहरु अपनाऔं । आफू पनि बचौं र अरुलाई पनि बचाऔं । विश्व क्यान्सर दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना !