हिमालपारीको जिल्ला मुस्ताङको जोमसोममा भएको पत्रकारहरुको भेलाले प्रेस चौतारी नेपाल मुस्ताङको अध्यक्षमा सुनदेवी रसाईलीलाइ चयन गरेको छ ।
बिहीबार मुस्ताङको जोमसोममा भएको प्रेस चौतारी नेपालको जिल्ला अधिवेशनले सुनदेवि रसाईलीको अध्यक्षतामा गठन गरेको जिल्ला कमिटीको उपाध्यक्षमा आइतेलाल थकाली, समावेसी उपाध्यक्षमा सम्झना राना थकाली, सचिव विकास वि.क., कोषाध्यक्ष पेमा छेटेन वि.क, सह–सचिव जीवन गोतामे, कृष्णमोहन नेपालीलाइ चयन गरेको छ । त्यस्तै सदस्यहरुमा निरज थकाली, हिकमत नेपाली, सुनिल परियार चयन भएको नवनिर्वाचित अध्यक्ष रसाइलीले बताइन् । सञ्चार क्षेत्र सँग सम्बन्धीत मुस्ताङकै पहिलो संस्था प्रेस चौतारी हो र आफ्नो गौरवशाली इतिहासलाइ अझै शक्तिशाली र मजबुत बनाउनका लागि आफ्नो टिमले कुनै कसर बाँकी नराख्ने नवनिर्वाचित अध्यक्ष रसाइलीको भनाई छ ।
उद्घाटन सत्रमा प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तीलक बि.क.ले मुस्ताङ जस्तो ठाउँमा पनि नेपाल पत्रकार महासंघ भन्दा पनि धेरै पहिला गठन भएको प्रेस चौतारीले पत्रकार उत्पादन गर्ने कार्यमा विगतमा भूमिका खेलेको र आगामी दिनमा पनि त्यस कार्यलाइ निरन्तरता दिने बताए । २०६५ सालमा मुस्ताङमा प्रेस चौतारीको स्थापना सँगै सञ्चारको पहुँच पनि मुस्ताङमा बढेको भन्दै चौतारीको उचाइलाइ कायम राख्न नयाँ नेतृत्वले ध्यान दिनु पर्नेमा केन्द्रीय सदस्य बिकले जोड दिएका थिए ।