बुटवल, ४ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको तयारीलाई लिएर प्रचण्ड सरकारको चर्को आलोचना गरेका छन् । शनिबार बुटवलमा भएको प्रदेश नम्बर ५ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले चकलेट बाँडे जस्तै नागरिकता बाँड्न नसकिने बताए । उनले भने-‘प्रचण्ड नेतृत्वको सरकारले मिल्नेभए बोर्डरमै नागरिकता बांड्न डेक्स राख्थ्यो, अहिले केके जाती भन्दै उर्लिएका छन् ।’
सरकारले अन्तुष्ट मधेशबादी दलको माग सम्बोधन गर्ने नाममा नागरिकताको बिषयमा संविधान संशोधन गर्न लागेको प्रसङ कोट्याउँदै उनले भने,’केटाकेटीलाई चक्लेट बाँडे जस्तै गरी सीमा पारी भएजतिलाई नागरिकता वितरण गर्न खोजेर हुन्छ ?’ मधेसवादी दलले संसारमा कहि नभएको व्यवस्था नेपालमा लागू गर्न माग गरेको उनको बताए ।
संविधानले सबै वर्ग, क्षेत्र र भाषालाई याथोचित न्याय गरेको भन्दै मधेसका नाममा आन्दोलन गरेकाहरुले भन्दैमा अंगीकृत नागरिकता भएकालाई राष्ट्रप्रमुख मान्न नसकिने उनले बताए । ‘हामीले संविधानको कुन बुँदा, कुन धारा किन संशोधन गर्ने भनेर सोधेका छौं’ ओलीले भने, नेपाल र नेपालीको हित विपरित एमालेले कुनै पनि सहमत गर्दैन ।’
निर्वाचनका लागि आवश्यक कानुन नबनाएर खाली संविधान संशोधन भनेर नहुने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रदेश नम्बर ५ लाई टुक्राउन नदिने समेत बताएका छन् । उनले भने -‘तपाईहरुको सहमति नभएको बिषयमा एमालेले सहमसत गर्ने सक्दैन, गर्दैन ।’
प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा एमाले बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव इश्वर पोखरेल लगायत शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । प्रदेश नम्बर ५ का संयोजक एवं एमाले उपमहासचिव विष्णु पौडेललेे प्रदेश नम्बर ५ फेरबेदल गर्ने गरी संविधान संसोधन भए आधा घन्टामा जनतालाई सडकमा उतार्ने चेतावनी दिएका छन् ।
प्रदेश नम्बर ५ लाई टुक्राउन दिदैनौं – अध्यक्ष ओली
Previous Articleनवयुगको गोलमा जापानमाथि नेपालको शानदार जीत
Next Article भारत-चीन विरोधी गतिविधी रोक्नुपर्छ-रक्षामन्त्री खाँड