काठमाडौँ, २ मंसिर – कक्षा ५ मा अध्ययनरत बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक विद्यालयका लेखापाललाई प्रहरीले पक्राउ गरेको छ । लगनखेल नजिकैको प्रयागपोखरीमा रहेको नेसनल चिल्ड्रेन स्कुलमा कक्षा ५ मा पढ्ने आठ जना बालिकालाई एक वर्षदेखि यौन दुव्र्यवहार गर्दै आएको उजुरी परेपछि सोमबार सो विद्यालयका लेखापाल दिवाकर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले आरोपित श्रेष्ठलाई सोमबार नै नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पीडित बालिकाका अभिभावकले मङ्गलबार साँझ पीडकलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् ।
ललितपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको उक्त विद्यालयमा पढ्ने ती बालिकाले विद्यालयका लेखापाल श्रेष्ठले यौन दुव्र्यवहार गर्ने गरेको बताएपछि अभिभावकले निजलाई कडा कारबाहीको माग गरेका छन् । लेखापाल श्रेष्ठले विभिन्न प्रलोभन देखाएर यौन दुव्र्यवहार गर्दै आएकोे बालिकाका अभिभावकले आरोप लगाएका छन् । लेखापाल श्रेष्ठले बालिकाको संवेदनशील अङ्गमा सुम्सुम्याउने गरेको बालिकाका अभिभावकले बताएका छन् । गोरखापत्र
Previous Articleएएफसी कप विजेता टोलीलाई विमानस्थलमा भव्य स्वागत
Next Article दाहाल-ओली भेटः धरापमा संविधान संशोधन