नेकपा एमाले निकट प्रवाशीहरुको अगुवाइमा थालीएको अगुवाइले मुर्त रुप लिएको छ । नेकपा (एमाले )प्रवास संगठन प्रवासी नेपाली मञ्च, अन्तरराष्ट्रिय तथा राष्ट्रिय कमिटीका नेता, कार्यकर्ता, सदस्य, शुभचिन्तक, र अन्य नेपाल र मातृभूमि प्रति सहयोग गर्ने सबैको चाहना अनुरुप गण्डकी प्रदेश सरकारलाइ दैनिक २०० शिलिण्डर अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ ।
प्रवासमा रहेका नेपाली तथा प्रवासमा रहेका नेकपा एमालेहरुबाट संकलन गरिएको रकमबाट नेपाल सरकारलाई अक्सिजन प्लान्टको औपचारिक हस्तान्तरण गरिएको हो । प्रवासमा रहेका नेपालीले आफ्नो छाक काटेर कोभिड १९ बाट आक्रान्त नेपालीहरुलाई सहज होस भनेर अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् । नेपालमा पिडा हुँदा प्रवासम पक्कै पनि दुख्छ नै नेपाली जहाँ छन् नेपालीलाइ पिडा हुँदा त्यो पिडाका सारथि बन्न नेपालीहरु पछि हट्दैनन् भन्ने उदाहरण हो अक्सिजन प्लान्ट हस्तान्तरण प्रवासी नेपाली मञ्च साइप्रसका अध्यक्ष लोकराज रोका मगर ।
अध्यक्ष लोकराज भन्नुहुन्छ नेपालमा दुख्दा बिदेशमा भएका नेपालीलाइ पनि दुख्छ नै । त्यसैले नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्चले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका लागि ठूलो क्षमताको अक्सिजन प्लान्ट पठाएको छ । मञ्चले पठाएको प्लान्ट गएको बुधबार अस्पताल आइपुगेको थियो ।
मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष भक्त गुरुङले दिएको जानकारी अनुसार बिश्वका ४० देशमा छरिएका एमाले कार्यकर्ताले संकलन गरेको पैसाबाट किनेर उक्त प्लान्ट पठाइएको हो ।
अध्यक्ष गुरुले भने २० वटा कम्पनीसँग कोटेसन मागी चीनको हान्जाओ कम्पनीमा निर्मित प्लान्ट किनिएको हो । उक्त प्लान्ट जर्मन प्रविधिमा आधारित रहेको गुरुङले जानकारी दिए । ‘युरोपमा किनेर पठाउन सकिने अवस्था थिएन, जहाज पनि चलेका थिएनन्,’ बेलायतमा रहेका गुरुङले भने, ‘कि भारत कि चीनबाट किन्नुपर्ने थियो, कोटेसनको आधारमा चीनको छानेका हौं ।’ कमिसनसमेत गर्दा धेरै महँगो पर्नसक्ने उक्त प्लान्ट बिना कमिसन ल्याउँदा डेढ करोड नेपाली रुपैयाँमा ठाँउमा पुगेको छ ।
कोभिड १९ फैलिएर मानिसहरुको ज्यान जान थालेपछि प्रवासी नेपाली मञ्चको बैठक बसी नेपाललाई सहयोग गर्ने निर्णय गरेपछि थालिएको अभियान अहिले सफल भएको हो । ‘पोखरामै भर्ना भएका बिरामी अक्सिजन नपाएर मानिसहरुको मृत्यु हुन थाले भनेपछि प्लान्ट किनेर नेपाल सरकारलाई पठाउने निर्णय गरेका थियौं,’ उनले भने, ‘सरकारलाई पठाएपछि पोखरामै हुन्छ भन्ने थिएन, तर पोखरामै आवश्यक देखियो अनि हामीले पनि त्यहाँ पठायौं ।’
उक्त प्लान्टले एक दिनमै २ सय सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ । काठमाडौं र बागमतीका अस्पतालहरुमा अरु संस्था र सरकारले पनि दिएको हुँदा पोखरा पठाइएको गुरुङले जानकारी दिए । भक्त गुरुङ पोखराकै स्थायी बासिन्दा हुन् भने उनी पृथ्वीनारायण क्याम्पस स्ववियु सभापति पनि हुन् ।
‘सुदूरपश्चिम वा अन्त पठाउँदा त्यति धेरै अक्सिजन उत्पादन गर्ने क्षमताको मेसिन ठूलो हुन सक्थ्यो, पोखरालाई चाहिँ त्यतिको चाहिन्थ्यो,’ उनले भने, ‘विराटनगर, वीरगन्जमा पनि पहिल्यै अक्सिजन प्लान्ट थियो, नभएको पोखरामै रहेछ ।’ त्यसमाथि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै अक्सिजन अभावले बिरामीको ज्यान गएपछि यो अक्सिजन प्लान्ट यहीं पठाउनुपर्ने देखिएको उनले सुनाए ।
मञ्चले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त प्लान्ट पठाउन लबिङ गरेको थियो । त्यसमा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले थप पहल गरेको भक्तले सुनाए । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले सचिव स्तरीय निर्णयमार्फत उक्त प्लान्ट पोखरा पठाएका हुन् । मञ्चका अध्यक्ष भक्त गुरुङका अनुसार मेसिन खरिदका लागि चीनस्थित नेपाली दूतावासले समन्वय गरेको थियो ।
अबको केही दिनमा अक्सिजन प्लान्ट स्थापना गर्ने जानकारी प्रतिष्ठानका उपकुलपति डा डुकबहादुर क्षेत्रीले जानकारी दिए । ‘प्राविधिकहरु लगाएर केही दिनमै इन्स्टल गर्छाैं,’ उनले भने । अक्सिजन प्लान्ट निर्माता कम्पनीले पनि स्थापनाका लागि सहयोग गर्ने जनाएको छ । डा क्षेत्रीले क्षेत्रीय अस्पताललाई आवश्यक पर्ने क्षमतामै प्लान्ट आएको बताए । ‘यो राम्रो क्षमताको हो, त्यस अनुसार हाम्रो अस्पताललाई ठिक छ,’ उनले भने । अक्सिजन प्लान्टमा कम्पनीले २ वर्षको वारेन्टी दिएको जानकारी गुरुङले दिए । उनका अनुसार सञ्चालन र मर्मत सम्भार लगायत काम सरकारले नै गर्ने गरी मञ्चले सरकारसँग सम्झौता गर्ने योजना पनि छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर पोखराको औद्योगिक घराना बतास कम्पनीले बतास फाउन्डेसनमार्फत अभियानसमेत चलाएको थियो । उक्त फाउन्डेसनमार्फत प्लान्ट कहिले आउने भन्ने टुंगो नभएको डा क्षेत्रीले सुनाए । ‘कोभिडको तेस्रो लहर पनि आउन सक्ने लक्षण छ, हामीलाई त अक्सिजन प्लान्ट तुरुन्तै चाहियो,’ उनले भने, ‘बतासबाट पहिला आएको भए उहाँहरुकै राख्न हुन्थ्यो ।’ अब बतास फाउन्डेसनलाई अर्काे कुनै सरकारी अस्पताललाई उक्त प्लान्ट दिन अनुरोध गर्ने सोचेको पनि डा. क्षेत्रीले सुनाए ।
डा. क्षेत्रीकै भनाइमा अस्पताल आफैंले पनि प्लान्ट स्थापना गर्ने गरी टेन्डर गरेको उहिल्यै हो । ठेक्का सम्झौता पनि भइसकेको हो । त्यो प्रक्रिया पनि जारी नै रहेको जानकारी उनले दिए । ‘त्यो प्लान्ट पनि स्थापना हुन्छ,’ उनले भने ।
समाचार श्रोत https://samadhannews.com/news/2021/07/21/33082/