नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपतिले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि संसदमा मागेको विश्वासको मत देउवाले पाएका छन् । संसदमा कायम रहने २७५ को बहुमत आवश्यक पर्ने भए पनि देउवाले १६५ मत सहित आगामी २ वर्षको लागि सरकारको बागडोरमा अविश्वास खेप्न पर्ने छैन । संसदको आयु अब १८ महिना बाँकी रहेको अवस्थाले गर्दा अबको प्रतिनिधिसभा निर्वाचन शेरवहादुर देउवाले नै गराउने छ । गएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी र एमालेले कार्यगत एकता गरेपछि १७४ सदस्य रहेको ठूलो दल नेकपाका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । केपी ओलीको पार्टी सर्वोच्च अदालतले फुटाइ दिए पछि पुनः एमाले माओवादीमा विभाजित भएको पार्टी एमाले भित्रै पनि विभाजन भए पछि करिब सबै टुंगीएको छ । एमालेका आफ्नै सांसदले शेरबहादुर देउवालाई मत हालेपछि उनले बाँकी कार्यकाल पुरा गर्ने अवसर पाएका छन् ।
२०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा ओली नेतृत्वको नेकपाले १७४ सिट हासिल गर्दा नेपाली कांग्रेसले ६३ सिट जितेको थियो भने जनता समाजवादी पार्टीले ३४ एवम् स्वतन्त्र ४ सांसद निर्वाचित भएका हुन् । नेकपा अहिले तीन टुक्रा परि सकेको छ भने कांग्रेस सग्लै छ । तर जनता समाजबादी पार्टी पनि दुई टुक्रा परी सकेको छ । तर अहिले शेरबहादुर देउवालाई बिश्वासको मत दिनेमा नेकपा एमालेका माधवनेपाल पक्षका, नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजबादी पार्टीलगायतका टोलीले मतदान गर्दा १६५ मत सहित देउवाले आफ्नो पक्ष मजबुद देखाए । २७५ मतमा ६३ मत लिएका प्रतिनिधिसभा निर्वाचनमा अहिले आएर १६५ मत पुग्ने अवस्थामा आफूलाई पु¥याउनका लागि राम्रै मेहनत गरेको मान्नु पर्छ ।
नेपालमा पहिलो पटक २०१५ फागुन ७ देखि चैत २१ सम्म भएको आम निर्वाचनबाट बिश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री नियुक्त भएका थिए । उनको दल नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो भने कांग्रेस भित्रकै तिकडम अर खिचातानीका कारण सत्ता सञ्चालन गर्न सकेन भन्दै तत्कालिन राजा महेन्द्रले बहुदलीय व्यवस्थालाई अन्त्य गरेर पुनः पञ्चायती व्यवस्था शुरु गरेका थिए । कांग्रेसकै कारण आएको बहुदल पुनः कांग्रेसकै कारण कोमामा पुगेको थियो । २०१९ सालमा राजा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाएर पञ्चायत लगाए पछि २०४७ सालमा मात्र बल्ल बहुदल पुनःस्थापना भएको थियो । अहिलेको अवस्थामा त्यस्तो होला भनेर कल्पना गर्ने ठाउँ नभए पनि नेपाली कांग्रेस भित्र पनि निकै ठूलो खाडल रहेको कारण भोलिका दिनमा के हुनेहोला भन्ने तर्फ पनि सोच्न पक्कै पनि जरुरी हुन सक्ला । शेरबहादुर देउवाले संसदबाट बिश्वासको मत पाए पनि जनमतका लागि पनि उनी भोलीका दिनमा निर्वाचनमा पुग्नै पर्छ र त्यो समय के हुने हो भन्ने हेर्न भने बाँकी नै छ । त्यसैले अहिले नै हौसीने वा केपी ओली सरकारले ल्याएका योजना तथा कार्यक्रमहरुलाई पनि सफलता तिर लाने र जनताको पक्षमा हुने खालका कार्यक्रम र काम गर्नका लागि प्रेरणा मिलोश प्रधानमन्त्री देउवालाई शुभकामना ।
Previous Articleरुप्से दैनिक ! ०४ श्रावण २०७८
Next Article रुप्से दैनिक ! ०५ श्रावण २०७८