मानवताको संरक्षण र मानवताका लागि नै खट्नु पर्छ भन्ने उद्देश्य सहित स्थापना भएको रेडक्रस सोसाइटी अहिले विश्वभर सक्रिय अवस्थामा रहेका छ । विश्वभर कोरोना भाइरसको जोखिमको समयमा रेडक्रसकर्मी मात्र नभएर अन्य सबैले पनि मानवसेवाका लागि खटेकै छन् भन्नु पर्छ । मे ८ का दिन विश्वभर रेडक्रस दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइन्छ । रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष मे महिनाको ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । सन १८६३ मा हेनरीले स्थापना गरेको आइसीआरसीलाई अहिले विश्वभर फैलाईएको छ । मानवताको पक्षमा लागेका हेनरीको जन्म सन १८२८ मे ८ को दिन भएको थियो । मानवताको पक्षमा काम गर्ने र लेखक समेत रहेका हेनरीको सम्झनामै विश्वभर रेडक्रस दिवस मनाउदै आइएको छ ।
हेनरीले सन १८५९ मा लेखेको पुस्तक (मेमोरी अफ सोल्फेरिनो ) अत्यन्त हृदयश्पर्शी यात्रा संस्मरण हो । सोल्फरिनो भन्ने ठाँउ अहिलेको ईटलीमा पर्दछ, यूरोपको यस ठाँउमा युद्धताका हेनरी कामको सिलसिलामा पुग्दा रगताम्य सिपाही, घाईते अनि मृतकहरुको दर्दनाक अवस्था प्रत्यक्ष देखेका थिए, यहि यात्राले उनलाई विश्व परोपकारकालागि रेडक्रस जस्तो अभूतपूर्व संस्था सन् १८६३ मा रेडक्रसको अन्तराष्ट्रिय कमीशन अर्थात् आईसीआरसीका रुपमा शुरुवात गर्न प्रेरित ग¥यो । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले स्थापना गरेको संस्थाको बिचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलन भयो र यसले अधिकारीक मान्यताप्राप्त गरेको थियो । मानवता, निष्पक्षता, तठस्तता, स्वतन्त्रता, स्वंसेवा, एकता र सर्वव्यापक्ता जस्ता मन्त्रलाई विश्वभर फैलाउँदै अहिलेको अवस्थामा पुगेको रेडक्रसको जग हेनरीलाई अहिले विश्वका २०० भन्दा बढी देशहरुमा सम्झन्छन् । उनैले देखाएको बाटो मानव सेवामा लाग्ने आम जनसमूदायको संख्या अहिले धेरै छ । रेडक्रसको क्षेत्रमा लागेर स्वयंसेवीको रुपमा खटीनेहरुको संख्या करोडौंमा छ ।
नेपालमा वि.सं. २०२० सालमा स्थापना भएको रेडक्रस सोसाइटीको अहिले सबै जिल्लामा शाखा र १ हजार ५ सयको हाराहारीमा उपशाखाहरु रहेका छन् । नेपालको सन्दर्भमा अहिले रेडक्रमका ११ लाखभन्दा बढी स्वयंसेवक छन् । रेडक्रसले युद्ध, प्राकृतिक विपत्ति, विकास र शान्ति सबै परिस्थितिमा सेवा पु¥याउँदै आएको छ । नेपालमा २०४५ साल र २०७२ सालको भूकम्पमा पनि रेडक्रसकर्मीहरुले निकै ठूलो जिम्मेवारी पूर्ण भूमिका निर्वाह गरेका थिए । आजका दिन मनाइने रेडक्रस दिवसका अवसरमा रेडक्रसका शाखा तथा उपशाखाले मानवसेवा र स्वयंसेवाको भाव झल्कने कार्यक्रमहरु रक्तदान, विपद् व्यपस्थापन सम्बन्धी जनचेतना जगाउने कार्यक्रमहरु आयोजना गरेर मनाउँदै छन् । एकजना जाँ हेनरी ड्युनाले थालेको कदमले अहिले विश्वभर करोडौं स्वंसेवीहरु खटी रहेका छन् भने सकारात्मक काम गर्नका लागि अरुको भर पर्न र कसैले के भन्ला भनेर कुर्न पर्दैन । मानवसेवा गर्न कसैको चित्त दुखाउन पनी पर्दैन त्यसैले आजकै दिनबाट मानवता, निष्पक्षता, तठस्तता, स्वतन्त्रता, स्वंसेवा, एकता र सर्वव्यापक्ताको पक्षमा लागौं । रेडक्रस दिवसको शुभकामना ।