अहिले देशले ध्वंस भन्दा पनि निर्माण गर्नु पर्छ भन्ने तर्फ नै सोचेको छ । कुनै पनि ध्वंस पछि निर्माण हुन्छ र बिकास हुन्छ भन्ने आम मान्यता पक्कै हो तर पनि त्यो ध्वंसको उद्देश्य के थियो भन्ने तर्फ पनि सोच्न पर्ने हो । सबै स्थानमा ध्वंसले नयाँ र राम्रो शुरु गर्छ भन्ने त प्रमाणीत हुने भन्दा पनि विगतको अभ्यासले देखाएकै हो । माओवादीले भत्काउँदै जाँदा नेपालमा भौतिक संरचनाहरु निर्माण पक्कै भएकाहुन् । अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्माओलीले प्रकारको संरचना भत्काएको कारण नयाँ काम भै रहेको छ भन्दा फरक पर्दैन । किन भने देशमा राजनैतिक दलहरु अहिले बल्ल सल्बलाएका छन् । दलहरुले पछिल्लो ३ वर्ष केही नगरी बसेकोमा अहिले दलिय कार्यक्रम गर्ने तथा अन्य विभिन्न कार्यक्रमहरु गर्ने कार्य पनि गर्दै आएका छन् । प्रधानमन्त्रीकै बिरोधका लागि किन नहोस दलिय कार्यक्रमले तीन वर्ष पछि भए पनि मौका जो पाएको छ ।
सबै सकेर अनि बचेको बाट चलाउने भन्ने ध्याउन्नमा कोही लागेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको लागि खाका बनाएर दिगो विकास र समृद्ध नेपाल शुखी नेपाली बनाउने सपना देखेका थिए । त्यही सपनाहरु मध्ये केही पुरा हुने वाला थिए त केही निर्माणका चरणमा । सडकहरुमा सुधार, भौतिक पूर्वाधार निर्माण तथा अन्य कार्य गर्नमा तल्लीन रहेको वर्तमान सरकार गिराएर जुन तबरले अस्थिरता निम्त्याउन खोजिएको थियो त्यो अस्थिरतालाई समाप्त पार्नका लागि ओलीले गरेको काम र ओलीको कदम सराहनीय छ । जुन रफ्तारमा काम हुन पर्ने हो त्यसका लागि सहयोग र साथ चाहेका ओलीलाई साथ भन्दा पनि अवरोध र घेरावन्दी मात्र मिल्यो । अरु भनदा पनि अविश्वासको प्रस्ताब ल्याएरै उनलाइ फाल्ने भनेर योजना बनाइयो । ओलीले चालेको कदम गलत छ भन्नेको पनिसमूह ठूलै छ तर पनि कुन बिधि र पद्धतिका लागि भएको कामका लागि उनले चाले कदम भन्ने हेर्न र बुझ्न जरुरी छ । आफ्नै पार्टी नेतृत्वको सरकार बिघटन गर्ने, आफ्नै पार्टीले चुनेको राष्टपतिलाई महाअभियोग लगाउने जस्ता कार्य हुन थालेपछि तत्कालिन अवस्थाका दलका नेता एवम् प्रधानमन्त्रीले आफ्नो तजबिज र देशी विदेशी अभ्यासहरुलाई हेरेर संसद विघटन गरेर राम्रो नै गरेको मान्नु पर्छ ।
अबको नेपाल कस्तो बन्ने भन्ने कल्पना सहितको नेताको आवश्यकता हो नेपाललाई । हाल सम्मको सन्दर्भ हेर्दा केपी ओलीसँग त्यस्ता केही चिज छन् जुन चिज उनी सँग मात्रै छन् भन्दा फरक नपर्ला । नेपालको नक्सा जारी गर्ने पृथ्वी नारायण शाहलाई नै मानिन्छ भने त्यस पछि जित हारका अरोहहरु आए र सन्धी सम्झौता हुदा धेरै भुभाग गुमाइयो र नेपालको नक्सा सघुरिएको पनि हो । त्यस पछि जंगबहादुर राणाले ब्रिटिस भारत सँग सम्झौता गरेर पश्चिम नेपालका चार जिल्ला नेपाली नक्सा भित्र पार्दै नयाँ नक्सा निकालेका थिए । त्यस पछि धेरै मन्त्री तथा प्रधानमन्त्री भए तर कसैले पनि आँट गरेको थिएनन् कि नयाँ नक्सा जारी गर्ने । त्यो आँट साहश भएका नेपाली नेता ओली हुन् र उनले नक्सा प्रकाशन गरे । त्यसैले अब देशका बारेमा केही वर्ष पर सम्मको सोचेर नेतृत् वगर्ने नेताको खाँचोलाइ हालमा परिपुर्ति गर्न सक्ने अर्को नेतादेखिदैन ।
Previous Articleरुप्से दैनिक ! २१ पौष २०७७
Next Article कतार बिरूद्धको प्रतिबन्ध अन्त्य