राज्य सञ्चालन गर्ने राजनीतिक दलहरुले नै हो । तर पनि त्यसभित्र देशका राजनैतिक दलहरु मात्र नभएर त्यसलाई व्यवस्थापन गर्ने भनेको कर्मचारीले हो । तिनै कर्मचारीहरुले चाहेमा राम्रो हुन्छ भने कर्मचारीले चाहेनन् भने काम बिग्रन पनि सक्छ । त्यसैले कर्मचारीले के गर्न चाहन्छन् र उनीहरुको चाहना के होला भनेर आम सर्वसाधारणले सोचिरहेका हुन्छन् । तर पनि राज्यको निकायमा कार्यरत रहेका कार्मचारीहरुले राज्यको विकास र राज्यले तोकेकै काम गर्न आफ्नो दैनिकी बिताएका हुन्छन् । प्रत्येक दिन कर्मचारीको ध्याउन्न भनेकै राज्य सञ्चालन र व्यवस्थापन हो । आजको दिनमा निजामति कर्मचारीहरुको बारेमा चचा र परिचर्चा गर्नु उचित होला । यस दिनमा किन कर्मचारीको चर्चा भन्ने पनि हुन सक्ला तर यो दिन भनेको उनीहरुका लागि विशेष दिन हो । आज भदौ २२ अर्थात् निजामति सेवा दिवस् ।
नेपालमा हरेक वर्ष भदौ २२ मा निजामति सेवा दिवस मनाइन्छ । देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रुपमा नियुक्त प्रशासक वा कर्मचारीले दिने सेवाको आज दिवस हो । वि.सं. २०६२ सालबाट यस दिवसको सुरुवात भएको थियो । वास्तवमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले वि.सं. २०१३ साल भदौ २२ गते निजामति ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामति कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात् सेवानिवृत्तहरुलाई पनि सम्मान गर्ने लगायतका विभिन्न निजामति कर्मचारीलाई उत्साहित र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना गर्दछ । निजामति कर्मचारीको व्यवस्था भएपछि निजामति कर्मचारीको व्यवस्थापन तथा सेवासुविधा लगायतका विविध पक्षलाई समेटेर तत्कालीन प्रधानमन्त्री आचार्यले निजामति ऐन ल्याएकोले यो दिनलाई नै महत्व दिँदै त्यसैको सम्झनामा प्रत्येक वर्षको भदौ २२ लाई निजामति सेवा दिवसको रुपमा मनाउने गरिएको छ । निजामति सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको र राज्यले आफ्ना नागरिकलाई आफ्नो उपस्थिति र न्यायमा आधारित जिम्मेवारी निभाउन निजामति कर्मचारीहरुको भूमिका अतुलनीय हुन्छ । निजामति सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रहरुबाट व्यवहारले सुशासन र प्रशासनप्रति जनविश्वास जाहेर गर्दछ । जर्मनका विश्व प्रसिद्ध समाजशास्त्री एवं दार्शनिक म्याक्स वेवरले कर्मचारीतन्त्र वा निजामतितन्त्रलाई आफ्ना विभिन्न पुस्तक र विचारहरुमा एकदमै गहन, संवेदनशील र आदर्श कर्मचारीतन्त्रका रुपमा व्याख्या गरेका छन् ।
राज्य अहिले पुनः संरचनाको क्रममा छ र यस क्रममा निजामति कर्मचारीहरुको भूमिका अझै महत्वपूर्ण छ, अर्कोतर्फ राज्यले पनि कर्मचारीलाई जीवन चलाउन सक्ने वेतन प्रदान गर्न सकोस् ताकी उनीहरुले आफ्नो दायित्व पुरा गर्न कुनै चोर बाटो अबलम्बन गर्ने जरुरत नहोस् । बनेका प्रतिवेदन र योजनाहरु फाइलमा मात्र थन्किनुुको साटो लागू होस्, नयाँ नेपाल सिर्जनामा निजामति कर्मचारीको आदर्श र मनोबलमा कतैबाट आँच आउनु हुँदैन । पछिल्लो समयमा धेरै जनाले हातमा लोक सेवाका पुस्तक र पाठ्यक्रम लिएर भविष्यमा निजामति सेवामा कार्य गर्न चाहना राखिरहेका छौं, भोली गएर निजामति सेवालाई अझ प्रभावकारी र स्वच्छ बनाउने हाम्रो उत्कृष्ट चाहना जरुरी छ । मुख्यतयाः हामीले तिरेको करबाट चलेको यो कर्मचारीतन्त्र जनतामुखी होस्, राजनीति र कर्मचारीतन्त्रबीच स्पष्ट सिमाना होस् । एउटा पारदर्शी, सेवामुखी र भ्रष्टाचारविहिन प्रशासनको परिकल्पना गरेका आम सर्वसाधारणको चाहना पूर्ण होस् । निजामति सेवा दिवसको हार्दिक शुभकामना ।
Previous Articleरुप्से दैनिक ! २२ भाद्र २०७७
Next Article रुप्से दैनिक ! २३ भाद्र २०७७