म्याग्दीमा बाढीको वितण्डापछि अवरुद्ध भएका सडक तथा पुल मर्मतमा अहिले जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरू नै खटिरहेका छन् । बेनी–जोमसोम सडक खण्डको गलेश्वनजिकै रहेको राहुघाट खोलाले बेलिब्रिजको एकापट्टिको बिम गत असार २६ गते राहुघाट खोलाले भत्काएपछि सडक अवरुद्ध भएको छ । उक्त पुल सञ्चालनका लागि जिल्लाका जनप्रतिनिधि, पत्रकार, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको टोलीले शुक्रबारदेखि श्रमदान गरिरहेका छन् । म्याग्दी तथा मुस्ताङका जनप्रतिनिधि एवम् स्थानिय वासिन्दा लगायतको टोली पछिल्लो ३ दिन देखि जनश्रममा खटि रहेको छ ।
नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल तथा सचिव हरिकृष्ण श्रेष्ठ, मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचन, म्याग्दीका प्रदेश सभा सांसद बिनोद के.सी., म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, नेकपा निकट राष्ट्रिय युवा सँघ, नेपाली कांग्रेस निकट तरुणदललगायतका युवाहरु एवम् स्थानिय तहका जनप्रतिनिधिहरु समेत पुल उठाउनका लागि श्रम गरेका थिए ।
श्रमदानको फोटो फीचर