राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कार्यसम्पादन समिति सदस्य एवम् पूर्व मन्त्री जगत प्रसाद गौचनले देशका बिभिन्न क्षेत्रमा अबिरल बर्षा पछि आएको बाढी पहिरोबाट भएको धनजनको क्षतीप्रति दुख व्यक्त गरेका छन् । उनले एक बिज्ञप्ती प्रकाशन गर्दै देशका विभिन्न भागमा भएको धनजनको क्षतिका साथै म्याग्दीको मराङ गलेश्वर बिम लगायतका भागमा भएको निधनप्रति दु:ख व्यक्त गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समबेदना व्यक्त गरेका छन् । गौचनले बेपत्ताको सिघ्र खोजतलासका लागि सरकार सँग आग्रह गरेका छन् । साथै बाढि पहिरोका पिडितहरुलाइ उचित राहतको व्यवस्था गर्नका लागि समेत गौचनले माग गरेका छन् ।