प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा म्याग्दीको सदरमुकाम बेनीमा बुधबार प्रदर्शन भएको छ । ओली सर्मथक युवाहरूले क्याम्पसचोकमा भेला भएर न्युरोड हुँदै विरेन्द्रचोकसम्म पुगेर लिम्पियाधुरासहितको वास्तविक नक्सा जारी गरेपछि प्रधानमन्त्रीलाई विदेशीको इसारामा हटाउन खोजिएको आरोप लगाएको थिए ।
आफ्नै पार्टीका केही नेताहरूले लोकप्रिय सरकारलाई गिराउन अघोषित साँठगाँट गरेको आरोप लगाउँदै प्रधानमन्त्री र पार्टीको अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको बताएका हुन् । विरेन्द्रचोकमा आयोजित सभामा बोल्दै मदन भण्डारी फाउण्डेशन म्याग्दीका अध्यक्ष चन्द्रकुमार केसीले पार्टी एकताको विकल्प नभएको बताउँदै नेपालको नक्सा परिवर्तन गर्दा सरकार परिवर्तन गर्न खोज्नु गलत भएको बताए ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय नेता एवं नेकपामा युवा नेता सन्तोष रावलले समृद्ध नेपालको पिता राजनेता केपी ओलीको विकल्प नभएको बताउँदै बाहिरी शक्तिको इशारामा चल्न खोजे गम्भीर नतिजाको सामाना गर्नुपर्ने चेतावनी दिएका छन् । अनेरास्ववियु म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले पार्टीभित्रै असफल भएकाहरुको चलखेललाई चेतावनी दिँदै प्रधानमन्त्रीविरुद्ध सार्वजनिक भाषण गर्ने पार्टीभित्रकै नेतालाई सचेत हुन भन्दै खबरदारी गरेका थिए ।
युवाहरुको समूहले ‘भारतीय दलाल होसियार’, सरकार परिवर्तन गर्न पाइँदैन्, केपी ओली राजनेता हुन्, आई एम विथ केपी ओली जस्ता नाराहरु लगाएका थिए । कार्यक्रममा युवा संघका पूर्व केन्द्रीय सदस्य एवं धौलागिरी अध्यक्ष नारायण जिसीलगायत प्रधानमन्त्री ओली समर्थक युवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन म्याग्दी बहुमुखी क्याम्पसका कार्यवाहक सभापति ईश्वर सुवेदीले गरेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भएपछि सडकमा समर्थकले देशभरी खबरदारी गरेका हुन् ।
त्यस्तै हिमालपारीको जिल्ला मुस्ताङमा पनि सरकारको समर्थनमा ¥याली निस्कीएको छ ।
मुस्ताङका जुझारु युवाहरुले ने।क।पा। नेतृत्वको वर्तमान सरकार ढालेर अस्थिर सरकार बन्ने अवस्थातर्फ देशको घटनाक्रम गइरहेको ध्यानाकर्षण गराउदै सरकार ढलाउने खेलमा नलागी स्थिर सरकार कायम राख्न खबरदारी गरेका छन् ।
मुस्ताङवासी युवाहरुबाट देश बचाउन साथै दुई तिहाई सरकार बिघटन नगर्नको लागी दवाबमुलक कार्यक्रम, भन्ने ब्यानरमा मुस्ताङका युवाहरुको समूहले बिविध नाराहरु लगाउदै जोमसोम बजार परिक्रमा गरि आमसभामा परिणत भएको थियो ।
उक्त खबरदारी सभालाई सम्बोधन गर्दै युवा समाज सेवी रिङजिङ गुरुङले दुई तिहाइ बहुमतको सरकार फुट्नु हुदैन । सरकार फुटेमा देश अस्थिर हुनुका साथै विकास र समृद्धी पछाडी धकेलीने भएकाले गुट्मा होइन एक जुट भइ स्थिर सरकार कायम राख्नलाई दवाबमुलक कार्यक्रम आयोजना गरिएको बताए । त्यसै गरि जुझारु युवा नेता रमेश गुरुङले ने।क।पा।को अन्तरबिरोध तर्फ इङ्कित गर्दै रष्ट्र हितको पक्षमा दह्रो खम्बा भइ उभिएको वर्तमान सरकारलाई ढालेर अस्थिर व्यवस्था बनाउदै गुटबन्दी गर्ने नेताहरुलाई हामी युवाले साथ नदिने चेतावनी दिदै स्थिर सरकार कायम राख्न र सरकार ढाल्ने कुनै चलखेल नगर्न खबरदारी गरे ।
हजारौ शहिद, लाखौ कार्यकर्ताको त्याग, तपस्या र बलिदानले पार्टी निर्माण हुन्छ । कार्यकर्ताहरुले नेतालाई चुनाव जिताउनुपर्ने पार्टी धान्नुपर्ने, जव नेताहरु पार्टी र सरकारमा नेतृत्व गर्दछन् । त्यसपछी तिनै शिर्ष नेताहरुले कार्यकर्ताको भावनालाई कुल्चेर गुटगत, व्यक्तिगत स्वार्थमा लागी पार्टी फुटाउने सरकार ढलाउने जस्ता घृणित कार्य गरि अस्थिर सरकार बनाइ देशले राजनैतिक परिवर्न संस्थागत गर्दै विकास र समृद्धीको सपना पुरा गर्न बाधक हुने धारणा व्यक्त गर्दै यस प्रकारको चलखेल रोकी स्थिर सरकार कायम गर्नलाई देशव्यापी रुपमा खबरदारी गर्ने शिलसिलामा मुस्ताङ जिल्लामा पनि नागरिकको तर्फबाट खबरदारी गरिएको नागरीक समाजका अगुवा सुनदेवी रसाइलीले बताइन् ।
कार्यक्रम तेज निरला जनहित बहुमुखी क्याम्पस जोमसोमका स्ववियु सभापती रबिन बांनियाको अध्यक्षतामा र विद्यार्थी नेता पेमा छेतेन वि।क।ले सञ्चालन गरेका थिए ।
