तिलक वि.क.
![]() |
तेज निरला जनहित बहुमुखी क्याम्पसको आफ्नै जग्गामा (धौलागिरी बोर्डीङ पछाडिको जग्गा )क्याम्पस भवन निर्माण हुने भएको छ ।
गण्डकी प्रदेश सांसद माननीय चन्द्रमोहन गौचनको पहलमा संघिय सरकार राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम मार्फत आ.व .२०७७/०७८ को लागि रु. १,५०,००,०००(अक्षरुपी एक करोड पचास लाख रुपैया मात्र ) को लागतमा शैक्षिक एंव प्रशासनिक भवन निर्माण गर्ने तेज निरला जनहित बहुमुखी क्याम्पस सञ्चालक समितीका अध्यक्ष चन्द्र बहादुर गुरुङलर बताए ।
![]() |
उक्त भवन निर्माण, डिजाइन, लोकेसन छनोट, नक्सा,बोलपत्र(ठेक्का )लगाएतक विविध पक्षलाई निश्कर्षमा पुर्याउनको लागि सञ्चालक समितीका सदस्य गणेश शेरचन संयोजक, राजु लालचन, शेर बहादुर गुरुङ,चन्द्र बहादुर गुरुङ, मिम कुमारी शेरचन,तिलक वि.क. र भिम बहादुर रसाइली सदस्य रहेको भवन निर्माण सुझाब समिति गठन भएको हो ।
यसै गरि क्याम्पसको रिक्त रहेको क्याम्पस प्रमुख नियुक्त गर्नको लागि चन्द्र बहादुर गुरुङ संयोजक मिम कुमारी शेरचन र भिम बहादुर रसाइली सदस्य रहेको तिन सदस्यीय क्याम्पस प्रमुखको उमेदवार छनोट समिती गठन गरिएको छ । उक्त समितीले २०७७ श्रावण १ गतेदेखी नियुक्ती हुने गरि उमेदवार छनोट गरि क्याम्पस सञ्चालक समिती समक्ष पेस गर्ने अक्तियारी पाएको छ ।
तेज निरला जनहित बहुमुखी क्याम्पसको बिधान बमोजिम क्याम्पसलाई सबैभन्दा बढी चन्दा दिने चन्दादाता वा निजको प्रतिनिधिलाई क्याम्पस सञ्चालक समितीको सदस्यमा मनोनित गर्ने व्यवस्था भए बमोजिम सबै भन्दा बढी चन्दा प्रदान गर्ने स्व. निरला कुमारी तुलाचन(एक करोड एक लाख एघार हजार एकसय एघार रुपैया चन्दा प्रदान )र निजको सम्पुर्ण परिवारको प्रतिनिधित्व गर्दै घरपझोङ ४ जोमसोम निवासी नरेन्द्र कुमार तुलाचनलाई क्याम्पस सञ्चालक समितीको सदस्यमा मनोनयन गर्ने निर्णय गरिएको क्याम्पस सञ्चालक समितीका उपाध्यक्ष मिम कुमारी शेरचनले बताइन ।
माननीय चन्द्रमोहन गौचनको पहलमा क्याम्पस भवन निर्माणको लागि चालु आ.वमा रु. एक करोड पचास लाख रुपैया बजेट विनियोजन र आगामी वर्षमा पनि क्याम्पसलाई सोहि प्रकृतिको बजेट बिनियोजन गर्न पहल गरिदिन अनुरोध गर्दै क्याम्पस सञ्चालक समितीको तर्फबाट माननीय गण्डकी प्रदेश सांसद चन्द्रमोहन गौचनलाई धन्यबाद प्रदान गर्ने निर्णय गर्दै खादा प्रदान गरिएको अध्यक्ष गुरुनङले बताए ।
आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि आवश्यक प्रकृया पुरा गरि श्रावण महिनाभित्र बोलपत्र आवहान(ठेक्का )प्रकृयाद्वारा भवन निर्माण गरिने समितीका सदस्य एंव घरपझोङ गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङले बताइन ।
![]() |
समितीको बैठक चन्दबहादुर गुरुङको अध्यक्षता र सदस्यहरुको सहभगितामा सम्पन्न भएको थियो भने माननीय गण्डकी प्रदेश सांसद महेन्द्र बहादुर थकाली र माननीय सांसद चन्द्रमोहन गौचनको स्वकिय सचिव जिवन गोतामेको विशेष उपस्थिति रहेको थियो ।