बेनी बजारमा होटल व्यवसायबाटै यदि कसैले राम्रो प्रगति गरेको छ भन्ने नाम आउँछ भने त्यो हो होटल यतीकी सञ्चालक बिमला गौचन । २०४० सालमा बेनी बजारको कालिपुलमा गौचन गेष्ट हाउसको नामबाट व्यवसाय सञ्चालन गर्नु भएकी गौचन अहिले तीन वटा ठूला भवनबाट व्यवासाय चलाउँदै हुनुहुन्छ । बिमला गौचनलाई उहाँका श्रीमान राम गौचनले व्यवासाय सञ्चालनमा निकै राम्रो साथ दिनुभएकै कारण व्यवसायले उचाई लिएको हो बिमलाको धारणा छ । १२ वर्ष अगाडी राम गौचनको निधन पछि व्यवसाय सञ्चालनको पुरै जिम्मा बिमलाको काँधमा आयो । आफ्नो व्यवासाय प्रति प्रतिवद्ध अनि व्यवसायकी ज्ञानको कारण व्यवसाय फस्टाउँदै गएको गौचनको बुझाई छ ।
११ वर्ष सम्म परिवारका सदस्यहरुको मात्र मेहनतले गौचन गेष्ट हाउस सञ्चालन गरेका गौचनले २०५१ देखि बेनी बजारको क्याम्पस चोकमा ५० लाखको लगानिमा होटल यतीका नामबाट व्यवसाय सुरु गर्नुभएको थियो । २०४० सालमा भाडाको घरबाट कालिपुलमा व्यवसाय सुरु गर्नुभएका गौचनले हाल आफ्नै भवनमा सञ्चालन गर्दै हुनुहुन्छ । २५० क्षमताको एक र १०० क्षमताको अर्को गरी दुई वटा कन्फ्रेन्सहल रहेको यतिको एउटा भवनमा कन्फ्रेनस, डाइनीङ तथा किचन रहेको छ भने अर्का दुई भवन गेष्ट हाउसका रुपमा सञ्चालित छन् ।
विश्वभर कोरोनाको कारणले आक्रान्त रहेको अवस्था छ । अन्यथा अन्य अवस्थामा यो समयमा होटल पर्यटकले भरिभराउ हुन्थे । यसपटक लकडाउनले गर्दा पर्यटक आउने वातावरण नै नरहेको गौचनको भनाई छ । पर्यटन व्यवसायमा ठूलो पुँजी लगानी भएको भएपनि अहिले पुरै धरासायी अवस्थामा पर्यटन व्यवसाय पुगेको गौचनको धारणा छ ।
१० वर्ष अगाडी म्याग्दीमा होटल व्यवसायीहरु एक नभएको अवस्थामा मूल्यमा असमानता भएको महशुष गौचनले गर्नुभएको थियो होटल व्यवसायी संघ म्याग्दीकी संस्थापक अध्यक्ष समेत रहनु भएकी गौचनले । मुल्यमा एकरुपता ल्याउनका लागि अनि गुणस्तर व्यवस्थीत गर्नका लागि मूल्य निर्धारणकालागि होटलहरुको बर्गीकरण गरेर मूल्य सूचिको व्यवस्थापन गर्नु भएको थियो ।
म्याग्दीका होटल व्यवासयलाई व्यवस्थति तथा मूल्यमा एकरुपता ल्याउनका साथै बाह्य पर्यटक भित्राउनका लागि होटल यतिले निकै योगदान दिएको मान्न सकिन्छ । अंग्रेजी वर्षको नयाँ वर्षमा चिनिया पर्यटकहरु अधिक आउने र अन्य समयमा युरोपीयन पर्यटकहरु म्याग्दी, मुस्ताङ लगायतका क्षेत्रलाई गन्तव्य बनाएर आउने भएकाले म्याग्दीका होटलहरु भरिबराउ हुनु पर्नेमा यस वर्ष कोरोना भाईरसको संक्रमणको कारणले गर्दा सुनसान प्राय रहेको छ ।
गौचन हाल आफै पनि पर्यटन व्यवसायमा मेहनत गरी रहनुभएको छ भने लकडाउन पहिला सम्म ८ जना कर्मचारी सहित उहाँले मेहनत गर्नु भएको थियो । कोरोनाको कारणले लकडाउन सुरु भएपछि अन्य होटल व्यवसाय पुरै बन्द भए पनि गौचनले २ जना कर्मचारी सहित आफूले मेहनत गरेर सामान्य रुपमा भएपनि सेवा दिँदै आउनु भएको छ ।
गौचनकै अगुवाईमा सिटिइभिटि संगको सहकार्यमा ४०/४० जनालाई टे«किङ र होटल तालिम दिइएको थियो । उक्त तालिम लिएकाहरु सबै जसो त्यही क्षेत्रमा खटिएको गौचनको धारणा छ ।
Previous Articleपारिश्रमिक घटाउँदै बलिउड स्टार
Next Article गण्डकी प्रदेशका १८ जनामा कोरोना, गोरखामा १० संक्रमित